Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अध्ययन बिनाको बजेट कार्यक्रम कार्यान्वयनमा समस्या आउँछः वरिष्ठ अर्थशास्त्री खतिवडा

खबरडबली संवाददाता
काठमाडौं । एशियाली विकास बैंक (एडिबी) का वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले आयोजनाको अध्ययन र प्रर्याप्त तयारी बिना बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या आउने औंल्याएका छन्।
 
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज ‘बजेट तथा योजना तर्जुमा’ विषयमा गरेको अन्तक्रियामा उनले बजेटमा समावेश गरिएका कतिपय लोकप्रिय कार्यक्रमको सफल कार्यान्वयनका लागि तयारी कस्तो छ त्यसमै भर पर्ने धारणा राखे। अर्थशास्त्री खतिवडाले भने, “बजेटमा समावेश गरिएका धेरैजसो कार्यक्रम लोकप्रिय र सान्दर्भिक देखिन्छन्, तर त्यसको व्यवहारिक कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य प्रश्न हो, बिना अध्ययन गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या उत्पन्न हुनसक्छ, त्यसैले जुनसुकै कार्यक्रम योजना तर्जुमा गर्दा त्यसको पृष्ठभूमि र भविष्यबारे अध्ययन र समीक्षा गरेर समावेश गरिए मात्रै फलदायी हुन्छ ।”
 
बजेट योजना कार्यान्वयनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र सफल कार्यान्वयन गर्ने मुलुकको उदाहरण पेश गर्दै उनले प्रर्याप्त अध्ययन र बिना तयारी ल्याइएका परियोजना कार्यान्वयमा चुनौती आउने तथा यसले देशको आर्थिक विकासमा समस्या उत्पन्न हुने खतरा औंल्याए।
 
उनले नेपालको बजेट कार्यक्रम ‘आइडेन्टिफिकेसन, इभ्यालुसन र इम्प्लिटेशन’ जस्ता तीन विषयमा चुकेका कारण नै हरेकजसो बजेट सफल कार्यान्वयन हुन नसकेको टिप्पणी गरे।
 
आव २०७९/८० बजेटमा उत्पादन विशेष त्यसमा पनि प्रदेश विशेष उत्पादनलाई प्राथमिकता दिइनु स्वागतयोग्य कुरा हो भन्दै उनले तदसम्बन्धी योजना कार्यक्रम कार्यान्वयनका आधार के र कसरी हुन्छ भनी प्रश्न गरे। खतिवडाले निर्यात प्रवद्र्धनमा आकर्षक कार्यक्रम ल्याउन नसकिएको र निजी क्षेत्र पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नभएकाले नेपालमा हरेक वर्ष आयात बढेर व्यापार घाटा भइरहेको उल्लेख गरे। छिमेकी मुलुकसँग व्यापार घाटा कम गर्ने उपाय खोजेर उत्पादनमूलक उद्योगको प्रवद्र्धन गरिएको खण्डमा देशको अर्थतन्त्र सुधार हुने उनको भनाइ छ । 
 
उनले नेपालको आर्थिक विकासलाई तीव्रगतिमा अघि बढाउन कृषि उत्पादन, उत्पादनमूल उद्योगको विस्तार र प्रवद्र्धन तथा सूचना प्रविधि तथा सेवामूलक क्षेत्रलाई सँगै अघि बढाउनुपर्नेमा जोड दिए। 
 
“सेवाक्षेत्र र उद्योगलाई सँगै अघि बढाउन सकिए मात्र नेपालको अर्थतन्त्रले प्र्रगति हासिल गर्छ, उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिएकै कारण, सिङ्गापुर, स्वटीजरल्याण्डजस्ता मुलुकले आर्थिक प्रगति गरेका हुन्, नेपालले पनि विकासको प्रक्रियामा ती मुलुकका असल अभ्यासलाई अवलम्बन गरेर अर्थतन्त्रको दायरालाई फराकिलो बनाउने प्रसस्त आधार छन् ”, उनले भने। 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending