Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

स्वदेशी काठ उत्पादनमा कमी, विदेशी काठ आयात बढ्दो

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ । नेपाल सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षणअनुसार चालू आवको गत फागुनसम्म सो परिमाणमा काठ उत्पादन भएको देखिएको हो ।

यसैगरी गत आवको सोही अवधिमा भने एक करोड ९४ लाख २४ हजार घनफिट गोलिया काठ उत्पादन भएको थियो । यसैगरी चालू आवको आठ महिनामा १० हजार ६७७ चट्टा दाउरा उत्पादन भएको छ भने गत आवको सोही अवधिमा १० हजार ५८२ चट्टा दाउरा उत्पादन भएको थियो ।

वन तथा वातावरण मन्त्रालयले वार्षिक दुई करोड घनफिट गोलिया काठ उत्पादन गर्ने लक्ष्य राखेको प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिनुभयो । यद्यपि बजारमा भने वार्षिक तीन करोड घनफिटभन्दा बढी काठको माग रहेको छ ।

नेपालमा बर्सेनि अर्बौं मूल्यका गोलिया काठ, काठजन्य सामग्री, विभिन्न किसिमका फर्निचर आयात हुने गरेको छ । मन्त्रालयले यसअघि वैज्ञानिक वन व्यवस्थापन विधिबाट मागअनुसारको काठ उत्पादन गर्ने र विदेशी काठको आयात कम गर्ने नीति लिएको थियो । तर सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाललगायत संस्थाले सुरुदेखि नै वैज्ञानिक वन व्यवस्थापनको विरोध गरिरहेका सन्दर्भमा तत्कालीन वनमन्त्री प्रेमबहादुर आलेका पालामा वैज्ञानिक वन व्यवस्थापन विधि नै खारेज गरिएको थियो ।

नेपालमा साल, सिसौजस्ता कडा काठको मात्र बढी प्रयोग हुने गरेको र ‘कुकाठ’ भनिने नरम काठको उचित सदुपयोग हुन नसक्दा काठको माग र आपूर्तिमा सन्तुलन हुन नसकेको यस क्षेत्रका व्यवसायीको भनाइ छ । 

साथै नेपाली काठ विदेशी काठको तुलनामा निकै महँगो रहेको छ । नरम काठको सिजनिङ र ट्रिटमेन्ट गरी प्रयोग बढाउनुपर्ने र सरकारले पनि सो नीति प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका पूर्वअध्यक्ष कपिलप्रसाद अधिकारीले बताउनुभयो ।  

नेपालको कूल वन क्षेत्र ४४।८ प्रतिशत

नेपालमा वन क्षेत्रले ५९ लाख ६२ हेक्टर र अन्य झाडी तथा बुट्यान क्षेत्रले छ लाख ४८ हजार हेक्टर भूभाग ओगटेको छ । कूल भूभागको ४० दशमलव ४ प्रतिशत वन र ४ दशमलव ४ प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कूल वन क्षेत्र ४४ दशमलव ८ प्रतिशत रहेको आर्थिक सर्वेक्षेणमा उल्लेख छ । नेपालको भू–धरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र मध्यपहाडमा रहेको छ भने कम तराईमा छ ।

हालसम्म १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष र छ संरक्षण क्षेत्र गरी २० संरक्षित क्षेत्र रहेका छन् । नेपालको कूल ३४ हजार ४२० वर्गकिमी अर्थात् २३ दशमलव ४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रअन्तर्गत एक लाख ९२ हजार २७ दशमलव ४३ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको तथ्याङ्क छ । 

यसैगरी हालसम्म २२ हजार ६८२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २४ लाख ९० हजार १९४ हेक्टर वन क्षेत्रको व्यवस्थापन भएको छ ।  

दक्षिण एशियाली राष्ट्रमध्ये सबैभन्दा बढी वन क्षेत्र भूटानको ७२ दशमलव ५ प्रतिशत छ भने सबैभन्दा कम पाकिस्तानको १ दशमलव ९ प्रतिशत रहेको छ । भूटानपछि नेपालमा वन क्षेत्र बढी रहेको छ ।

चालु आवको फागुनसम्म रु दुई अर्ब २६ करोड ३३ लाख राजस्व सङ्कलन भएको छ । गत आवमा रु चार अर्ब छ करोड राजस्व सङ्कलन भएको थियो । सो राजस्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवं अन्य गैरकाष्ठ वन पैदावार बिक्रीबाट प्राप्त राजस्व, प्रदूषण नियन्त्रण शुल्क, जरिवानाबाट प्राप्त राजस्व र प्रदूषण शुल्क आदिबाट सङ्कलन भएको मन्त्रालयको तथ्याङ्क छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह, कोशीदेखि महाकालीसम्मका नदीमा बहाव बढ्ने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। विभा...

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

रास्वपाका सदस्य हिन्दूवादी अभियन्ता पनि हुन सक्छन् : सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...

सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, सीमा क्षेत्रमा तनाव

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...

पर्वतारोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...

कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, आन्तरिक विवादबीच रणनीतिक छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...

लघुवित्त पीडितको ‘राजधानी मार्च’, वित्तीय शोषण अन्त्य गर्न सरकारसँग माग

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending