काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन् । वर्षाको समय सुरु हुनलागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर यसका लागि आफु विज्ञ, कर्मचारीसहित अनुगमनमा आएको मन्त्री चौधरीले बताए।
मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाहअनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाइ गेट बन्द गरिने उनको भनाइ छ । गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल आइपुग्ने उनले बताए । बाढीपहिराले क्षति नगरोस् भनेर अम्बाथान अडिट अगाडि तार ग्याबिन वाल लगाइने भएको छ । उनले पानी पथान्तरण गर्ने गेट छेउको पहिरो नियन्त्रण गर्न र त्यसमाथि जोखिममा रहेका चार घर स्थानीय सरकारसँगको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
मन्त्री चौधरीले जल तथा मौसम पूर्वानुमान महाशाखा, विज्ञ, पानीको बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिँदै अहिले सुरक्षा गेरेर बचाउन सके मनसुन सकिने बित्तिकै मेलम्चीको पानी फेरि काठमाडौँ लैजान सकिने बताए ।
उनले मेलम्चीका ठेकदार र कन्ट्याकटरको भुक्तानीलगायत जायज माग पूरा गर्न आफू तयार रहेको बताए । सामाजिक उत्थानको बजेटबारे आज भोलिमा निर्णय हुने उहाँले जानकारी दिए।
मेलम्चीको विकल्पमा वाग्मती नदीबाट दैनिक पाँच करोड लिटर पानी थप गर्न बोलपत्र आह्वान भइसकेको र त्यस्तै पाँच करोड लिटर भूमिगत पानीको व्यवस्था गरी राजधानीवासीलाई अभाव हुन नदिने सरकारको योजना रहेको उनले बताए। त्यस्तै सिस्नेरी, ठोस्ने र महादेव खोलाबाट पानी ल्याउने विषयमा अध्ययन भइरहेको मन्त्री चौधरीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १५:४२
बेल्जियम। बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनीबसबिच भएको ठक्करमा दुई बालबालिकासहित चार जन...
जेष्ठ १३ गते, २०८३ - १४:५६
काठमाडौं । सर्वोच्च अदालतले अदालतमा इजलास र मुद्दा छनोटका लागि अपनाइँदै आएको गोला (लटरी) प्रणाली परिवर्तन गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ। न...
जेष्ठ १३ गते, २०८३ - १४:५२
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ । पोखरामा आयोजित ...
जेष्ठ १३ गते, २०८३ - १४:४४
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रममा रहेको माइक फाल्ने प्रयास गरेका छन्। प्रतिपक्षी सांसदहरूको विरोधका ...
जेष्ठ १३ गते, २०८३ - १४:३४
काठमाडौं । सरकारले राजनीतिक दल निकट ट्रेड युनियनसँग आबद्ध रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ। ती सबै कर्मचारी नायब सुब्बा सरहका रहेको ब...
जेष्ठ १३ गते, २०८३ - १४:२६
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको छानबिनका लागि गठित न्यायिक समितिले मंगलबार उनको बयान लिएको छ। समिति स्...
जेष्ठ १३ गते, २०८३ - १४:१०
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्को चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छन्। आर्थिक सर्वेक्षण प्रस्...
जेष्ठ १३ गते, २०८३ - १३:४८
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्...
जेष्ठ १३ गते, २०८३ - १३:३८
काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुस...
जेष्ठ १३ गते, २०८३ - १३:२७
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पूँजीगत खर्च अपेक्षाअनुसार वृद्धि हुन नसकेको स्वीकार गरेका छन्। ...



प्रतिकृया लेख्नुहोस्: