काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८।६४ अङ्कले ओरालो लागेर दुई हजार ३५०.४२ मा ओर्लेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।७० अङ्कले घटेर ४५३।९६ मा पुगेको छ । कूल २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर रु दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख ७० हजार बराबर रहेको छ ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ८०.२५ र अन्य उपसमूह ७.३९ अङ्कले उकालो लागेको छ । त्यस्तै बैंकिङ १.७३, व्यापार २९.५६, होटल तथा पर्यटन ३४.७७, विकास बैंक ८९.०२, जलविद्युत् ५३.७२, वित्त ९.९, निर्जीवन बीमा ८३.३८, लघुवित्त ७४.५७, जीवन बीमा २५७.१४, सामूहिक लगानी कोष ०.१८ र लगानी १.३७ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड १० लाख ६७ हजार ४१८ बराबरको कारोबार भयो । त्यस्तै राधी विद्युत् कम्पनी रु आठ करोड १० लाख ३४ हजार ९५७, अरुण भ्याली हाइड्रोपावर कम्पनी रु आठ करोड आठ लाख २४ हजार ८७८, प्राइम लाइफ इन्स्योरेन्स रु सात करोड ८३ लाख ९० हजार ७९२ र नयादी ग्रुप अफ पावर रु सात करोड ४१ लाख ८५ हजार २५० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार बिहीबार पनि जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । तेह्रथुम पावर कम्पनी ६.२०, युनियन हाइड्रोपावर ५.२२, शिवम् सिमेन्ट ५.१७ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ३.९७ प्रतिशतले कमाए ।
त्यस्तै सूर्योदय बोमी लघुवित्त १०, प्राइम लाइफ इन्स्योरेन्स ७.६३, युनियन लाइफ इन्स्योरेन्स ६.९६, गुराँस लाइफ इन्स्योरेन्स ५.८३ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ५.१३ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १०:२६
फिदिम। पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५...
श्रावण १८ गते, २०८३ - १०:०७
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। विभा...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...



प्रतिकृया लेख्नुहोस्: