काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८।६४ अङ्कले ओरालो लागेर दुई हजार ३५०.४२ मा ओर्लेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।७० अङ्कले घटेर ४५३।९६ मा पुगेको छ । कूल २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर रु दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख ७० हजार बराबर रहेको छ ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ८०.२५ र अन्य उपसमूह ७.३९ अङ्कले उकालो लागेको छ । त्यस्तै बैंकिङ १.७३, व्यापार २९.५६, होटल तथा पर्यटन ३४.७७, विकास बैंक ८९.०२, जलविद्युत् ५३.७२, वित्त ९.९, निर्जीवन बीमा ८३.३८, लघुवित्त ७४.५७, जीवन बीमा २५७.१४, सामूहिक लगानी कोष ०.१८ र लगानी १.३७ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड १० लाख ६७ हजार ४१८ बराबरको कारोबार भयो । त्यस्तै राधी विद्युत् कम्पनी रु आठ करोड १० लाख ३४ हजार ९५७, अरुण भ्याली हाइड्रोपावर कम्पनी रु आठ करोड आठ लाख २४ हजार ८७८, प्राइम लाइफ इन्स्योरेन्स रु सात करोड ८३ लाख ९० हजार ७९२ र नयादी ग्रुप अफ पावर रु सात करोड ४१ लाख ८५ हजार २५० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार बिहीबार पनि जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । तेह्रथुम पावर कम्पनी ६.२०, युनियन हाइड्रोपावर ५.२२, शिवम् सिमेन्ट ५.१७ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ३.९७ प्रतिशतले कमाए ।
त्यस्तै सूर्योदय बोमी लघुवित्त १०, प्राइम लाइफ इन्स्योरेन्स ७.६३, युनियन लाइफ इन्स्योरेन्स ६.९६, गुराँस लाइफ इन्स्योरेन्स ५.८३ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ५.१३ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...
पौष २ गते, २०८२ - १०:३७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...




प्रतिकृया लेख्नुहोस्: