काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजत नेपालले जितेको छ । सोमबार भएको सिरिजको अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले सिरिज आफ्नो बनाएको हो । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर १ बलमा ४ विकेट गुमाउँदै २१४ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । ६१ बल सामना गरेका उनले ४ छक्का र ७ चौका हानेका थिए । त्यस्तै अर्का ओपनर आरिफ शेखले २९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६० रन बनाउँदा विनोद भण्डारीले नटआउट २८ रन बनाए ।
यसअघि जिम्बावे 'ए' ले ३३ ओभरमा १० विकेटको क्षतिमा २१३ रन बनाएको थियो । आइतबार वर्षाका कारण मैदान भिजेका कारण आजको खेल ३३ ओभरमा छोट्याइएको थियो ।
नेपालका लागि किशोर महतोले सर्वाधिक ५ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ४३ रन खर्चिए । त्यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - १७:५७
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...
जेष्ठ १४ गते, २०८३ - १७:३१
तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...
जेष्ठ १४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...
जेष्ठ १४ गते, २०८३ - १६:५७
काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...
जेष्ठ १४ गते, २०८३ - १६:४०
काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...
जेष्ठ १४ गते, २०८३ - १६:३४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...
जेष्ठ १४ गते, २०८३ - १६:०५
काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...
जेष्ठ १४ गते, २०८३ - १५:४५
काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ । महिला क्रिकेटको दोस्रो...
जेष्ठ १४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...
जेष्ठ १४ गते, २०८३ - १५:१६
नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...



प्रतिकृया लेख्नुहोस्: