रुकुम । रुकुम (पूर्व) मा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन् ।
सोमबारदेखि अवरुद्ध भएको टेलिफोन र विद्युत् सेवा अहिलेसम्म सुचारु हुन नसक्दा सेवाग्राही मारमा परेका छन् । अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सुचना आदानप्रदान गर्न, बत्ती बाल्न र विद्युतीय कामकाज गर्न समस्या भइरहेको छ । रुकुम ९पश्चिम०को जन्ति बस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुुम ९पूर्व०मा टेलिफोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुुम (पूर्व)का प्रमुख चन्दनकुमार यादवले जानकारी दिनुभयो । चट्याङ्बाट तार जलेको छ । तार मर्मतको काम सम्पन्न भएको कार्यालयले जनाएको छ । टेलिफोन सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने यादवले बताए।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम(पूर्व)ले हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ । हावाहुरीले सल्यान र रुकुम(पश्चिम)मा रुख ढलेका कार सेवा अवरुद्ध भएको वितरण केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिए । रुकुम९पश्चिम० को धैरेनीचौरस्थित सव स्टेसन सञ्चालनमा आएपछि विद्युत् अनियमितको समस्या समाधान हुने बताइएको छ ।
रुकुुम ९पश्चिम०ले काममा ढिलासुस्ति गर्दा रुकुम(पूर्व) मा विद्युत् अनियमित हुने समस्या हट्न नसकेको वितरण केन्द्र रुकुम९पूर्व०ले जनाएको छ । टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएसँगै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज गर्न समस्या भएको छ । स्थानीय तह चुनाव नजिकिँदै गर्दा विद्युत् र टेलिफोन सेवा ठप्प हुँदा कामकाजमा बाधा पुगेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: