रुकुम । रुकुम (पूर्व) मा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन् ।
सोमबारदेखि अवरुद्ध भएको टेलिफोन र विद्युत् सेवा अहिलेसम्म सुचारु हुन नसक्दा सेवाग्राही मारमा परेका छन् । अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सुचना आदानप्रदान गर्न, बत्ती बाल्न र विद्युतीय कामकाज गर्न समस्या भइरहेको छ । रुकुम ९पश्चिम०को जन्ति बस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुुम ९पूर्व०मा टेलिफोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुुम (पूर्व)का प्रमुख चन्दनकुमार यादवले जानकारी दिनुभयो । चट्याङ्बाट तार जलेको छ । तार मर्मतको काम सम्पन्न भएको कार्यालयले जनाएको छ । टेलिफोन सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने यादवले बताए।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम(पूर्व)ले हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ । हावाहुरीले सल्यान र रुकुम(पश्चिम)मा रुख ढलेका कार सेवा अवरुद्ध भएको वितरण केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिए । रुकुम९पश्चिम० को धैरेनीचौरस्थित सव स्टेसन सञ्चालनमा आएपछि विद्युत् अनियमितको समस्या समाधान हुने बताइएको छ ।
रुकुुम ९पश्चिम०ले काममा ढिलासुस्ति गर्दा रुकुम(पूर्व) मा विद्युत् अनियमित हुने समस्या हट्न नसकेको वितरण केन्द्र रुकुम९पूर्व०ले जनाएको छ । टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएसँगै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज गर्न समस्या भएको छ । स्थानीय तह चुनाव नजिकिँदै गर्दा विद्युत् र टेलिफोन सेवा ठप्प हुँदा कामकाजमा बाधा पुगेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: