Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

लेखापरीक्षण मर्यादित र व्यावसायिक हुनुपर्छ : अर्थमन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यावसायिक लेखापरिक्षण हुनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान० ले आज यहाँ आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक बिमुख हुन नहुने धारणा राखे ।

कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखापरीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथी भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखापरीक्षकहरूलाई ध्यान दिन उहाँले आग्रह गरे । “जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर गर्छ भन्ने कुरामा तपाईँहरू ९लेखापरीक्षक० ले ख्याल राख्नुहोला”, उनले  । 

लेखापरीक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको उनले बताए । “निजी, सरकारी, गैर–सरकारी सबै क्षेत्रमा लेखापरीक्षण क्षेत्रले राम्रो भूमिका खेलेको छ”, उनले भने, “लेखापरीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।”

उनले वित्तीय अनुशाशन कायम गर्न÷गराउन लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने बताए । उनले लेखापरीक्षण कुनै संस्था वा कम्पनीको हिसाबकिताबमा मात्रै सिमित नभई समग्र देशको सम्पत्ति मूल्याङ्कनमा पनि प्रयोग हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले गरिबी न्यूनीकरणका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’ हुनुपर्ने बताए । “वर्षौदेखि बहुआयामिक गरिबी किन भइरहेको छ । यसको अडिट गर्नुप¥यो । जोड राख्नुपर्ने ठाउँमा घटाउ राखेर हिसाब गर्दा पो यस्तो भएको हो की ?” उनले भने, “अब गरिबीको सही ढङ्गले अडिट गरियो भने हामी सुधार गर्न सक्छौँ ।”

उहाँले अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ती, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको बताए ।“अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ”, उनले भने । मुलुकलाई आत्मनिर्भर बनाउने गरी मुलुक भित्रको स्रोतसाधनको अधिकतम उपयोग गर्ने बेलासमेत आएको उनले बताए।

कार्यक्रममा आइक्यानको अध्यक्ष युद्धराज ओलीले लेखा व्यवसायी सम्मेलन पहिलो पटक आयोजना भएको बताए । दुई दिनसम्म चल्ने सम्मेलनबाट रााष्ट्रिय अर्थतन्त्रका विषयमा गम्भीर रूपले छलफल एवम् विचार विमर्श हुने उहाँले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

रास्वपाका सदस्य हिन्दूवादी अभियन्ता पनि हुन सक्छन् : सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...

सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, सीमा क्षेत्रमा तनाव

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...

पर्वतारोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...

कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, आन्तरिक विवादबीच रणनीतिक छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...

लघुवित्त पीडितको ‘राजधानी मार्च’, वित्तीय शोषण अन्त्य गर्न सरकारसँग माग

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending