Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा : शिक्षामन्त्री पौडेल

खबरडबली संवाददाता

सुर्खेत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा रहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सुर्खेतमा उनले दक्ष जनशक्ति उत्पादन गरी मुुलुकलाई समृद्धिको मार्गचित्रमा डो¥याउने दायित्व विश्वविद्यालयको रहेको बताए ।  

विश्वविद्यालयका सह–कुलपतिसमेत रहनुभएका मन्त्री पौडेलले सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानूनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको बताए । “माध्यमिक, उच्च शिक्षा र व्यावसायिक तथा प्राविधिक शिक्षालाई व्यवस्थित गर्न ५५ बुँदे सुधारको मार्गचित्र अघि बढाएका छौँ”, उनले भने, “तीनै तहका शिक्षा प्रणालीलाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डको शैक्षिण गुणस्तर अभिवृद्धि गर्न सरकारले शैक्षिक पुनःसंरचनामा जोड दिएको छ ।” 

उनले सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन र प्रतिष्ठानलाई व्यवस्थित गर्न बनेको ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिए। शिक्षासम्बन्धी यी ऐन बनेपछि समग्र शैक्षिक प्रणालीमा सुधार आउने उखले विश्वास व्यक्त गरे। विश्वविद्यालयको पुनःसंरचनाको जरुरी रहेको भन्दै मन्त्री पौडेलले शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नुपर्ने धारणा राखे। यसका लागि सरकारले सातवटै प्रदेशमा मेडिकल शिक्षा पढाइ हुने कलेज स्थापना गर्ने प्रक्रिया थालनी गरेको तथा १४० वटा विद्यालयमा पढ्दै–कमाउँदै कार्यक्रम लागू गरेको उनको भनाइ छ । 

दीक्षान्त समारोहमा सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता एवं बाल श्रमिकविरुद्ध विश्वव्यापी अभियानका अध्यक्ष कैलाश सत्यार्थीले शिक्षा नै विकासको मुख्य आधार भएको बताए। उनले आफूले भारतीय कोठीमा बेचिएका युवती, बालबालिकाको उद्धारमा लामो समय खर्चिएको र थुपै्र सङ्घर्ष भोग्नुपरेको अनुभव सुनाए। 

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयका छवटा भवन निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको, सात वटा बहुवर्षीय परियोजना सुरु गरेको, स्मार्ट टेक्नोलोजीमा आधारित संरचनाको विकास गर्ने लक्ष्यअनुरुप चालु आवलाई ‘एकेडेमिक एक्सेलेन्सी र भौतिक पूर्वाधार विकास वर्ष’का रूपमा कार्यसम्पादन भइरहेको बताए। 

शिक्षामन्त्री पौडेल, नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थी र उपकुलपति सिंहले कुलपति, उपकुलपति पदकका साथै सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्ण पदक प्राप्त विद्यार्थीलाई दीक्षित गर्नुभयो । दीक्षित हुने ५१९ विद्यार्थीमध्ये कुलपति पदक नौ, उपकुलपति पदक १८ र सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्णपदक पाँच जनालाई प्रदान गरिएको थियो । समारोहमा सम्बन्धित सङ्कायका डिनहरुले स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि प्रमाणपत्र पाउने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए । यसअघि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असार १९ गते भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending