Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

रासस

नुवाकोट । ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०७८’ राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु नेपाल र ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ हिमालय टेलिभिजनका समाचार प्रमुख  राजेन्द्र बानियाँलाई अर्पण गरिएको छ ।

सम्पादक समाजद्वारा आफ्ना संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा  स्थापित ती पुरस्कारको राशिको  क्रमशः रु १५ हजार १ र रु २५ हजार १ सहित सम्मानपत्र रहेको छ ।  

शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा समाज नेपालले निर्माण गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ शुभारम्भका अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले ती पुरस्कार पत्रकारद्वयलाई प्रदान गरे। 

समारोहमा उनले पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पु¥याएवापत वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मल्ल के सुन्दर र कृष्णा ताम्राकारलाई दोसल्ला ओढाई सम्मान गरे। विसं २०६२ देखि समाजले हरेक वर्ष ती पुरस्कार र सम्मान प्रदान गर्दै आइरहेको छ ।

सोही अवसरमा कांग्रेसका प्रवक्ता डा महतले अध्ययन केन्द्रको हातामा निर्माण गरिएको समाजका संस्थापक अध्यक्ष वियोगीको अर्ध कदको सालिक अनावरण गर्नुका साथै माल्र्यापणसमेत गरे। 

सो समारोहलाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता डा महतले नागरिकले पाँच– पाँच वर्षमा मतदान गर्नेमात्र नभई निर्वाचित जनप्रतिनिधिका गतिविधिका बारेमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । 

उनले भने, “लोकतन्त्रलाई संस्थागत गर्न जीवन पद्धतिमै लोकतान्त्रिक मूल्य, मान्यता उतार्नुपर्ने पर्छ ।” 

संविधानमा धेरै कुरा लेखे पनि कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै उनले क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले समेत प्रशिक्षण एवं अध्ययन केन्द्र निर्माण गर्न नसकेका बेला सम्पादक समाजले उदाहरणीय काम गरेको बताए । 

समाजका महासचिव श्याम डोटेलले नगरकोटभन्दा ५०० फिट उचाइमा रहेको सुइरेचौरमा निर्माण भएको ‘वियोगी पत्रकारिताा अध्ययन केन्द्र’मा २५ जनासम्म पत्रकारलाई आवासीय प्रशिक्षण दिन सकिने जानकारी दिए । 

उनले समाजको भवन निर्माणमा अथक योगदान दिनुहुने वियोगीका ज्येष्ठ सुपुत्र किरण वैद्यलगायत सबैलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा अध्यन केन्द्र सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताए । करिब डेढ रोपनी जग्गामा बनेको सो भवन तीन तलाको छ । 

सम्मानित पत्रकार मल्ल र बानियाँले सञ्चारकर्मीले हिंसा र निरङ्कुशतालाई साथ दिनु नहुने उल्लेख गर्नुहुँदै पत्रकारितामा व्यापारीकरण बढ्दै गएकामा चिन्ता व्यक्त गरे। नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले अध्ययन केन्द्र भवनको रेखदेख र प्रचार–प्रसारका लागि स्थानीय सरकार र स्थानीय सञ्चारकर्मीको पनि सहयोग रहनुपर्नेमा जोड दिए । 

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले सातवटा हिमाल देखिने सुइरेचौर, चिसापानीजस्ता पर्यटकीयस्थल रहेको गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका कारण प्रदेश र सङ्घीय सरकारको पनि सहयोग आवश्यक रहेको बताए । 

सातवटा हिमाल देखिने सुइरेचौर पुग्न ९०० मिटर सडक निकुञ्ज भएर जानुपर्छ । जगत् चेकपोष्ट भएर यो सडक पार गर्ने आन्तरिक पर्यटकलाई पनि निकुञ्जले रु ५०० सम्म शुल्क लिने गरेकाले पर्यटन प्रवद्र्धनमा समस्या भएको उनको भनाइ थियो ।

कार्यक्रममा वियोगीका ज्येष्ठ सुपुत्र वैद्य नेपाली पत्रकारिताको थप उन्नयन तथा अध्ययनका लागि  ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ ले सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसको सञ्चालनमा लागि थप सहयोग दिने जानकारीसमेत दिए। 

समाजका सदस्य माधव दुलालले पत्राकारिता प्रशिक्षणका लागि पहिलोपटक समाजले स्थापना गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ले व्यावसायिक पत्रकारिताको विकास तथा प्रवद्र्धनमा योगदान दिने विश्वास व्यक्त गर्दै केन्द्र सञ्चालनमा राज्यले आगामी दिनमा ध्यान दिनुपर्ने बताए। 

इम्जा एशियाका अध्यक्ष टङ्क पन्त र समाजका वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधानलगायतले पत्रकारिताको संस्थागत विकासका लागि अध्ययन केन्द्रले काम गर्नुपर्नेमा जोड दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending