काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउन सरकारलाई सुझाव दिएको छ ।नेपाल चेम्बर अफ कमर्सले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मुलुकको व्यावसायिक क्षेत्रको समग्र विकासका लागि निर्यात प्रवद्र्धनलाई बढाउनुपर्ने बताएको हो ।
चेम्बरले कृषि क्षेत्रको प्रवद्र्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र, औद्योगिक जनशक्तिको उत्पादन, विदेशबाट आर्जन सीपलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरणका लागि व्यवस्था, आयातलाई व्यवस्थित गरी निर्यात प्रवद्र्धन गर्नेलगायत सुझाव मन्त्रीलाई दिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।
उनले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । “सरकारलाई जस्तोसुकै परिस्थितिमा पनि निजी क्षेत्रले सहयोग गर्दै आएको छ, आगामी दिनमा पनि हातेमालो गर्न तयार छ”, उनले भने । अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउनुको जरुरी रहेको चेम्बरले जनाएको छ ।
चेम्बरले विदेशमा सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरण गरी अर्थतन्त्रलाई पुनरुत्थान गर्न सकिने बताएको छ । यस्तै विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी प्रवाह गर्न पिपिपी अवधारणामा सञ्चालन हुने जलविद्युत् तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका लागि बैंङकिङ च्यानलबाट आउने कुल विप्रेषणको १० प्रतिशत रकम विपे्रषण आप्रवाह कोष खडा गरी सो कोषमार्फत उक्त परियोजनाको आइपिओ र एफपिओमा लगानी गर्न सुरक्षण प्रदान गर्नुपर्ने जनाएको छ ।
चेम्बरले पछिल्लो समय व्यापार घाटाको मुख्य कारण बनेको इन्धनको आयात न्यूनीकरणका लागि विद्युतीय उपकरणको प्रयोग अधिकतम बढाउने गरी नीतिगत व्यवस्था हुनुपर्ने बताएको छ ।
भेटका क्रममा मन्त्री बडूले मुलुकको आर्थिक समृद्धि र विकासको साझा लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए। उनले औद्योगिक क्षेत्र भाडामा लिएर पनि प्रयोग नभएको पाइएकाले त्यस्ता क्षेत्रमा उद्योग चलाउने वातावरण बनाउने बताए । मन्त्री बडूले उच्चस्तरीय प्रयोगशाला निर्माण तथा उद्योगमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने स्पष्ट पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...



प्रतिकृया लेख्नुहोस्: