Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

पर्यटकीय पूर्वाधारमा लगानी गर्न मन्त्री आलेको आग्रह

खबरडबली संवाददाता

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निकट भविष्यमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएकाले सुविधा सम्पन्न पर्यटकीय पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन्।

होटल सङ्घ पोखराको आयोजनामा आजदेखि फेवाताल किनार लेक–साइडमा सुरु भएको १७औँ संस्करणको फेवा नव वर्ष महोत्सवको उद्घाटन गर्दै उनले निर्माणाधीन अन्तरराष्ट्रिय  विमानस्थल सञ्चालनसँगै पर्यटकको चाप बढ्ने भएकाले नयाँ नयाँ पर्यटकीय गन्तव्य खोजी गर्नुपर्ने बताए।

उनले भने, “क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रारम्भपछि तपाई पर्यटन व्यवसायीहरुले नयाँ नयाँ गन्तव्य खोज्नुपर्ने हुन्छ । भोलिका दिनमा हामी यहाँबाट सिधै अष्ट्रेलिया, जापान र मुम्बई जान्छौँ, त्यहाँका पर्यटक आएपछि हामीले कहाँ राख्ने ? उच्च क्वालिटीका पर्यटकलाई सोही अनुसारका सेवा दिनुपर्दछ । पूर्वाधारका लागि तपाईहरू अगाडि बढ्नुहोस् ।”

मन्त्री आलेले अबको पाँच महिनाभित्रमा विमानस्थल उद्घाटन गरिने जानकारी दिए। “पोखरा क्षेत्रीय विमानस्थल छिटो सुचारु गर्नका लागि हामीले निरन्तर ताकेता गरिरहेका छौँ”, पर्यटनमन्त्री आलेले भने, “हाल ९३ प्रतिशत काम सकिएको छ । अबको पाँच महिनाभित्रमा भव्य उद्घाटन गर्ने तयारीमा हामी छौँ ।”

मन्त्री आलेले विमानस्थलको समस्याका रुपमा रहेको रिठेपानी डाँडा कटान गर्ने काम सुरु गर्न छिटो छरितो रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट निर्णय गराएर काम अघि बढाइने बताउँदै ल्याण्डफिल साइट व्यवस्थापनमा लाग्न स्थानीय सरकारलाई आग्रह गरे ।

पोखरा पर्यटकको आकर्षक गन्तव्य रहेकाले पर्यटन व्यवसायीको मागअनुसार पोखरालाई  पर्यटकीय राजधानी घोषणाको योजनामा  सरकार रहेको मन्त्री आलेले बताए । उनले भने, “यति बेला आगामी वर्षको बजेटको तयारीमा सरकार लागेको छ । पोखरालाई पर्यटन राजधानीको रुपमा नामकरण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेर पास गर्ने र आउने नीति कार्यक्रममा त्यसलाई ल्याउने गरी काम गर्नेछौँ ।”

होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले कोभिडका कारण सुस्ताएको नेपालको पर्यटन जुर्मुराउन थालेको र आन्तरिक पर्यटनले भरथेग गरेको बताए। उनले छिमेकी मुलुक भारत र चीनका पर्यटक ल्याउनका लागि ती देशमा प्रवद्र्धनात्मक कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने बताए। उनले भने, “भारतमा यति बेला चर्को गर्मी बढेको र स्कुल तथा विद्यालयहरू बन्द हुँदा धेरै पर्यटक नेपाल आउन लालायित छन् । चिनियाँहरू पनि बुद्ध पूर्णिमामा नेपाल आउने इच्छा जाहेर गरेर सरकारबाट सहजीकरणको पर्खाइमा छन् । सरकारले यी देशबाट धेरैभन्दा धेरै पर्यटक ल्याउन पहल गर्नुपर्दछ ।” 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्वय दीपक कोइरला, राजीव पहारी, होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायतले पर्यटन प्रवद्र्धनमा महोत्सव फलदायी हुने बताए । कोरोनाबाट शिथिल बनेको पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुन: उत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजना गरिएको हो ।

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धनको उद्देश्यसहित नेपाली नयाँ वर्षका अवसर पारेर आयोजना गरिएको महोत्सव वैशाख १ गतेसम्म लेक–साइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको मुख्य सडकमा सञ्चालन हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending