चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)ले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
महानगर कमिटीको आज सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया जानकारी दिए।
एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले सोही नामलाई मात्रै प्रदेश कमिटीमा पठाउने बताए । प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेको सिफारिसका आधारमा केन्द्रले उम्मेदवार निर्णय गर्नेछ ।
सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख (सचिव) भइसकेका छन् । हाल उन पार्टीको बागमती प्रदेश सचिव छन्। सुवेदी भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ी (ख) बाट बागमती प्रदेशसभा सदस्य छन् ।
उनी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री थिए । सुवेदी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा छन् । उहाँ भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका कार्य प्रशंसनीय छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...
आषाढ़ २२ गते, २०८३ - १६:४८
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...
आषाढ़ २२ गते, २०८३ - १६:३७
झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...
आषाढ़ २२ गते, २०८३ - १६:१२
काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अ...
आषाढ़ २२ गते, २०८३ - १५:४८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...
आषाढ़ २२ गते, २०८३ - १५:३२
काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...
आषाढ़ २२ गते, २०८३ - १५:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...



प्रतिकृया लेख्नुहोस्: