Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

संविधान रोक्न राष्ट्रपतिको अस्वभाविक चलखेल

\"Rambaranकाठमाडौं । संविधान घोषणामा हतार नगर्न सुझाव दिँदै संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दलहरुलाई समेटेर अगाडी बढ्न आग्रह गर्दै आएका राष्ट्रपति रामवरण यादवको सार्वजनिक धारणा जति पवित्र छ, नियत उति नै खोटो रहेको भनि राजनीतिक दलहरुले राष्ट्रपतिमाथि आशंका गर्न थालेका छन् । राष्ट्रपतिले पटकपटक मस्यौदाका विरुद्धमा रहेका मधेशवादी दलहरुलाई भेट्नु र संविधान घोषणा गर्न हतारिनु हुँदैन भन्नु र दलहरुलाई दबाब अनुभुती हुने गरी अराइपराई गर्नुलाई एमालेलगायतका पार्टीले राष्ट्रपतिको भूमिकामा सन्देह जनाइरहेका छन् । राष्ट्रपतिको सार्वजनिक अभिव्यक्तिबाट चिढिएका एमाले अध्यक्ष ओलीले त उनलाई राजनीति गर्ने मन भए प्रतिस्पर्धामा आउन चुनौति मात्रै दिएनन्, पछिल्ला शीर्ष बैठकहरुमा उनको चर्को आलोचनासमेत गर्दै आइरहेका छन् । केही समयअघि पटकपटक मधेशवादी नेताहरुलाई भेट्नेक्रममा आफूले जसरी पनि संविधान निर्माणको प्रकृयालाई रोक्ने जनाएका यादव सर्वोच्चको फैसला दलहरुले नमानेपछि झनै चिढिएका थिए । संविधान जारी भए राष्ट्रपति पद छोड्नुपर्ने भय र कांग्रेस स्वंयमसमेत छिटो संविधान जारी गरे सत्ता गुमाउने स्थितिमा नरहेकाले राष्ट्रपति संविधान रोक्न सक्रिय रहेको हुनसक्ने एमाओवादी नेताहरुको समेत तर्क छ । राष्ट्रपतिको पछिल्लो भूमिकालाई एक एमाले नेताले भारतीय भूमिकासँगसमेत जोडे । उनका अनुसार संविधान निर्माणको काम भारतको संरक्षण वा भारतीय सहयोगमा भएको हो भन्ने सन्देश जसरी भारत चाहन्थ्यो, त्यसैगरी राष्ट्रपति पनि चाहन्थे । उनी भन्छन्, ‘कतै यी चाहनाहरुको मेल त भएको होइन ? ’ उनका अनुसार राष्ट्रपति र भारतीयहरु नेपाली नेताहरुको स्वपहलमा आएको संविधानमा आफ्नो उपस्थिति नहुने बुझाई राख्छन् । खासमा राष्ट्रपति यादव र भारत यो प्रकृयाको अर्को विकल्पको रुपमा अर्को प्रकृयाबाट संविधान ल्याउन सकियोस् भन्ने चाहन्छन् । जसबाट आआफ्ना भुमिकाहरु प्रष्ट देखिने होओस् । मधेशी दलका नेतासँग गएका एक अपरिचित व्यक्तिसँगसमेत केहीदिन अघि राष्ट्रपतिले भेटघाट गरेका स्रोत बताउँछ । उनी को थिए ? र कताका मानिस थिए भन्ने आजसम्म पनि खुलेको छैन । तर मधेशी एक नेता भन्छन्, ‘उनी मधेशका सहयोगी मानिस हुन् । ’ उसो भने उनी को हुन् । के तिनि भारतीय गुप्तचर या कुटनितिज्ञ कोही थिए ? त्यसबारे केही खुल्न सकेको छैन । १६ बुँदे सहमतिमा आफ्नो भूमिका नरहेकोमा राजनीतिक दलहरुसँग असन्तुष्ट रहेको भारतले आफ्नो भूमिका बढाउँदै राजनीतिक दलको निर्णयमा हस्तक्षेप गर्न राष्ट्रपतिमार्फत आफ्नो एजेन्डालाई अगाडि सारेको हुन सक्ने केही विश्लेषकहरुको धारणा छ । ‘अहिलेको पोलिटिकल डेभलपमेन्टबाट असन्तुष्ट रहेको भारतले आफ्नो कुरा राष्ट्रपतिमार्फत अगाडि बढाएको हो, त्यसैले राष्ट्रपतिले सबैलाई सँगै लिएर जानुपर्ने तथा संविधान घोषणा गर्न हतार गर्न नहुने भनाई राख्नु भएको हो,’ उनले भने । बितेको डेढ महिनामा राष्ट्रपति यादवले व्यक्त गरेका अभिव्यक्ति र उनको राजनीतिक सक्रियता देख्दा पनि राष्ट्रपति यादव संविधान छिटो घोषणा नहोस् भन्ने पक्षमा रहेको कुरा प्रष्ट झल्किन्छ । एकपछि अर्को गर्दै राष्ट्रपतिले किन आफ्नो आग्रह चर्को रुपमा व्यक्त गरिरहेका छन् त ? भन्ने प्रश्नमा स्रोत भन्छ, ‘राष्ट्रपति र भारतको इन्ट्रेस्ट मिलेकाले हो ।’ भारतीय पक्षको चाहना र असन्तुष्ट मधेसी मोर्चाका दलहरुलाई सहमतिमा ल्याउँदै संविधान घोषणा गर्नुपर्ने भारतको धारणालाई कार्यान्वयन गर्न राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन यादव लागेको मधेसी नेताहरु नै बताउँछन् । ‘अहिले राष्ट्रपतिको तर्फबाट सबै काम उहाँका छोरा चन्द्रमोहनजीले गरिराख्नु भएको छ । राष्ट्रपति संविधानको संरक्षक भएका नाताले उनको कदमलाई नराम्रो पनि भन्न मिल्दैन, ’ तमलोपाका नेता जितेन्द्र सोनलले भने । असन्तुष्ट मधेस केन्द्रीत दलले राष्ट्रपतिमार्फत अहिलेको राजनीतिक गतिलाई रोक्न आग्रह गर्दै उनीहरु केही समय अघि नेपालस्थित भारतीय दुतावासमासमेत गएका थिए । उनीहरुले संविधान निर्माण प्रक्रियामा आफ्नो राजनीतिक स्पेस हुनुपर्ने जिकिरसमेत गरेका थिए । जसको सकारात्मक जवाफ आएको मधेसी नेताहरु बताउँछन् । राष्ट्रपतिसँगको भेटका क्रममा आफूहरुले संविधानको संरक्षकका नाताले राष्ट्रपतिले अहिलेको प्रक्रियालाई रोक्न आग्रह गरेको तमलोपाका अध्यक्ष महन्त ठाकुरले खबरडबली संवाददातालाई बताए । ‘हामीले संविधानको संरक्षकका नाताले अहिलेको पश्चगमनको यात्रा रोक्न राष्ट्रपतिलाई आग्रह गर्यौं, ’ ठाकुरले भने । संविधान निर्माणको प्रक्रियाले सिंहदरवार र संविधानसभा भवन बानेश्वर ताते पनि राष्ट्रपति र दक्षिणको चिसो हावाले यसलाई कत्तिको असर गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending