Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी २०७५ असोज ५ गतेको निर्णय खारेज

खबरडबली संवाददाता

काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ असोज ५ गतेको निर्णय खारेज गरेको छ । 

मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएको हो । सरकारले अमलेखगञ्ज सवस्टेशनका लागि जग्गाप्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने, पश्चिम सेती कोरिडोर ४०० केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने र लाटिनाथ ३३ केभी प्रसारण लाइन तथा सवस्टेशनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्नेसमेत निर्णय गरेको छ । 

सरकारले हिंदी खोला जलविद्युत् आयोजनाको इन्टेक, अडिट र पावरहाउसलगायतका भौतिक पूर्वाधार निर्माण गर्न लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ र ७ मा रहेको राष्ट्रिय वन ४।२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी सुन्दरीजलस्थित सुरुङको प्रवेशद्वार नजिक उपयुक्त स्थानमा सन्त नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको सालिक र शिलापत्र राख्न स्वीकृति प्रदान गरिएको छ । त्यस्तै याक आनुवांशिक श्रोत केन्द्र तथा सोलुखुम्बुमा याक–नाक चरनको लागि करिब १० रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्याय पनि गरिएको छ । 

सरकारका प्रवक्तासमेत रहेएका मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद्को बिहीबारको बैठकले २०७९ वैशाख १७ देखि १८ गतेसम्म अमेरिकाको कोलोराडोमा आयोजना हुने रकी माउन्टेन च्याम्पियनसिप, २०२२ मा युवा तथा खेलकुदमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । 

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ र भोजपुरको षडानन्द नगरपालिका–६ मा पर्ने जग्गा प्राप्त गरी उक्त जग्गामा विश्वविद्यालयको भवन तथा अन्य पूर्वाधार संरचनाको निर्माणका लागि निर्माणस्थल तोक्ने निर्णय पनि भएको छ । 

यसैगरी रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि मन्त्रालय दक्षिण कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र नवीकरण गर्ने र दक्षिण अफ्रिकाको डर्वानमा २०७९ जेठ १६  मा आयोजना हुने बालश्रम उन्मूलनसम्बन्धी पाँचौँ विश्व सम्मेलनमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने निर्णय भएको छ । त्यस्तै सरकारले ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको एक ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकाका अव्यवस्थित तार साउन दोस्रो साताभित्र हटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छ लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए।  त्यसअघि बैठ...

सङ्घीयता खर्चिलो भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने बहसप्रति श्रम संस्कृति पार्टीको असहमति छ

काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...

राष्ट्रिय सभामा मल अभावदेखि प्रेस स्वतन्त्रतासम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...

रास्वपाले अराजनीतिक गतिविधि गर्दैन : सांसद बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...

जापानलाई हराउँदै नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाली यू–१९ महिला क्रिकेट टोलीले जापानलाई ९ विकेटले पराजित गर्दै अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending