काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ असोज ५ गतेको निर्णय खारेज गरेको छ ।
मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएको हो । सरकारले अमलेखगञ्ज सवस्टेशनका लागि जग्गाप्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने, पश्चिम सेती कोरिडोर ४०० केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने र लाटिनाथ ३३ केभी प्रसारण लाइन तथा सवस्टेशनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्नेसमेत निर्णय गरेको छ ।
सरकारले हिंदी खोला जलविद्युत् आयोजनाको इन्टेक, अडिट र पावरहाउसलगायतका भौतिक पूर्वाधार निर्माण गर्न लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ र ७ मा रहेको राष्ट्रिय वन ४।२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी सुन्दरीजलस्थित सुरुङको प्रवेशद्वार नजिक उपयुक्त स्थानमा सन्त नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको सालिक र शिलापत्र राख्न स्वीकृति प्रदान गरिएको छ । त्यस्तै याक आनुवांशिक श्रोत केन्द्र तथा सोलुखुम्बुमा याक–नाक चरनको लागि करिब १० रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्याय पनि गरिएको छ ।
सरकारका प्रवक्तासमेत रहेएका मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद्को बिहीबारको बैठकले २०७९ वैशाख १७ देखि १८ गतेसम्म अमेरिकाको कोलोराडोमा आयोजना हुने रकी माउन्टेन च्याम्पियनसिप, २०२२ मा युवा तथा खेलकुदमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ र भोजपुरको षडानन्द नगरपालिका–६ मा पर्ने जग्गा प्राप्त गरी उक्त जग्गामा विश्वविद्यालयको भवन तथा अन्य पूर्वाधार संरचनाको निर्माणका लागि निर्माणस्थल तोक्ने निर्णय पनि भएको छ ।
यसैगरी रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि मन्त्रालय दक्षिण कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र नवीकरण गर्ने र दक्षिण अफ्रिकाको डर्वानमा २०७९ जेठ १६ मा आयोजना हुने बालश्रम उन्मूलनसम्बन्धी पाँचौँ विश्व सम्मेलनमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने निर्णय भएको छ । त्यस्तै सरकारले ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको एक ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: