Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

नेप्सेमा ३०.४३ अङ्कको गिरावट

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै दुई हजार ५४१.८३ मा आएको छ ।      

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । आज २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर रु दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ मा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन नेप्सेमा २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको थियो । नेप्सेकानुसार अघिल्लो कारोबार दिनका तुलनामा आजको बजार १.१८ प्रतिशतले घटेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३ अङ्कले ओरालो लाग्दै ४७४.०९ मा आएको छ । जुन अघिल्लो कारोबार दिनका तुलनामा १.११ प्रतिशतले घटी हो ।

सबै उपसमूहका शेयर मूल्यमा गिरावट

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य घटेका छन् । आज बैंकिङ ८.६३, व्यापार ६०.५८ होटल तथा पर्यटन २४.४१., विकास बैंक ७५.।०९, जलविद्युत् २४.३, वित्त ४९.०५, निर्जीवन बीमा २५२.४९, उत्पादन ८४.८७, अन्य ४३.३६, लघुवित्त ४०.४८, जीवन बीमा ३४२.०६, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९३ अङ्कले ओरालो लागेका छन् । 

आजको बजारमा कारोबारका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ । यो कम्पनीको रु २२ करोड २४ लाख ७० हजार ३६७ मूल्य बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु नौ करोड ३० लाख २३ हजार ११६, हिमालयन डिष्ट्रिलरी लिमिटेडको रु छ करोड आठ लाख ७९ हजार ३४३, नेपाल लाइफ इन्सुरेन्सको रु पाँच करोड ७७ लाख ८६ हजार ८५० र  लाइफ इन्सुरेन्स कर्पोरेशन लिमिटेडको रु पाँच करोड ६५ लाख ३१ हजार २४४ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

राष्ट्रउत्थान लघुवित्त संस्था १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा कारोबार भएको बजारमा इमर्जिङ् नेपाल लिमिटेडको ९.९९ प्रतिशतले र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थको ६.१ प्रतिशतले बढेका छन् । त्यस्तै, ङादी ग्रुप पावर लिमिटेडको २.२९ प्रतिशतले शेयर मूल्य बढेको छ । आइसिएफसी फाइनान्स कम्पनीको शेयर मूल्य भने ४.८२ प्रतिशले घटेको छ । सानिमा लाइफ इन्सुरेन्स ४.५२ प्रतिशतले, ज्योति लाइफ इन्सुरेन्स ४.४५ प्रतिशतले, ग्रीनलाइफ हाइड्रोपावर ४.३८ प्रतिशतले र प्रुडेन्सीयल इन्सुरेन्स कम्पनीको शेयर मूल्य ४.३२ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

रास्वपाका सदस्य हिन्दूवादी अभियन्ता पनि हुन सक्छन् : सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...

सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, सीमा क्षेत्रमा तनाव

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...

पर्वतारोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...

कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, आन्तरिक विवादबीच रणनीतिक छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...

लघुवित्त पीडितको ‘राजधानी मार्च’, वित्तीय शोषण अन्त्य गर्न सरकारसँग माग

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending