काभ्रपेलाञ्चोक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा राजनीतिक परिवर्तन आइसकेको हुनाले अब आर्थिक र सामाजिक समृद्धिमा लाग्न आवश्यक रहेको बताएकि छन् ।
नेकपा ९माओवादी केन्द्र० महाभारत–उपत्यका सम्र्पक समन्वय समितिले काभ्रपेलाञ्चोकको बनेपामा आज आयोजना गरेको वैचारिक–राजनीतिक प्रशिक्षणमा मन्त्री भुसालले आफ्नो ठाउँमा भएका साधन स्रोतको भरपुर प्रयोग गर्न अबको चुनावी एजेण्डा बन्नुपर्ने बताइन् ।
नेकपा ९माओवादी केन्द्र०ले गरेको जनयुद्धको जगमा भएको जनआन्दोलनको नयाँ ढङ्गको क्रान्तिबाट संविधान लिपिबद्ध गरिसेकको र सिंहदरबारको अधिकारलाई जनताको घर आँगनमा पुर्याएका कारण त्यहीँबाट सबैखाले अधिकार प्राप्त गरिसकेको अवस्थामा बाँकी अधिकार अब आउने निर्वाचनबाट थप उपलब्ध गराउने उनले बताइन्। “संविधानको कार्यान्वयन हुँदा जनताले घर आँगनबाट नै धेरै अधिकार उपयोग गर्न पाएको छ”, उनले भनिन्, “तर एजेण्डा एउटाको, नेतृत्व अरुको भएको कारण अझै धेरै समस्या छन् ।” ती समस्याको समाधान गर्नका लागि अब आउने निर्वाचनबाट चुनेका जनप्रतिनिधिले पूरा गर्ने भएकाले उहाँहरुको विशेष भूमिका हुने मन्त्री भुसालले बताइन् ।
उनले समाजमा वर्ग रहेसम्म वर्ग सङ्घर्ष भए पनि विगतको जस्तो जनयुद्ध नहुने बताइन् । उनले अबको निर्वाचनमा परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने व्यवस्थाको रक्षा गर्दै आर्थिक तथा सामाजिक जीवनमा रूपान्तरण ल्याउन जनताले अनुभूत गर्ने खालको विकास गर्ने कुरालाई मुख्य एजेण्डा बनाएर अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
सो क्रममा उनले जनताको विकासको आधारभूत आवश्यक्तता सडक, पानी र विद्युत् भएको उल्लेख गर्दै ती आधारभूत सर्तहरु महाभारत गाउँपालिकाका जनताले विस्तारै प्राप्त गरिरहेको बताइन् । त्यससँगै मन्त्री भुसालले डाँडापारिका कृषिमा विकासको फड्को मार्नका लागि योजना बनाएर अगाडि बढ्न सुझाव दिँदै कृषिको आधुनिकीकरण गरी टुक्रे जमीनबाट एकीकृत खेती प्रणालीतर्फ अघि बढ्न प्रविधिमा जोड दिन आवश्यक रहेको बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १७:५९
काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...
जेष्ठ ११ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...
जेष्ठ ११ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...
जेष्ठ ११ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...
जेष्ठ ११ गते, २०८३ - १७:०२
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...
जेष्ठ ११ गते, २०८३ - १६:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...
जेष्ठ ११ गते, २०८३ - १६:४१
दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...
जेष्ठ ११ गते, २०८३ - १६:२३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...
जेष्ठ ११ गते, २०८३ - १६:०५
मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...
जेष्ठ ११ गते, २०८३ - १५:५२
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...



प्रतिकृया लेख्नुहोस्: