चैत्र ५ गते, २०७८ शनिवार 19th March, 2022 Sat१३:५८:०२ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौैँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफुलको आयात अकासिएको छ ।
सो अवधिमा रु ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । छिमेकी मुलुक चीनबाट रु तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।
नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलपूmलको परनिर्भरता चुलिँदै गएको देखिन्छ । नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलपूmलमा आत्मानिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७/७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो ।
नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट रु एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार सोही अवधिमा टर्कीबाट रु २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल रु चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी सोही अवधिमा नेपालमा रु ७८ करोड ५१ लाख १५ हजार छ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ । नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ । सो अवधिमा भारतबााट रु ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट रु ९० लाख ७७ हजार र टर्कीबाट रु ११ लाख ६६ हजार ६०० मूल्य बराबरका कूल एक करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट रु ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलपूmलमा कागतीको आयात तेस्रो स्थानमा छ । कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्याङ्कले देखाएको छ । पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ । १०० मिटरको उचाइदेखि दुई हजार ४०० मिटरको उचाइमा ८०० मिलीमिटरदेखि एक हजार २०० मिलीमिटर पानी पर्ने तर पानी नजम्ने स्थानमा कागती खेती गर्न सकिन्छ । कागतीलाई सुन खेतीका नामले पुकारिन्छ । झन्डै १३ रोपनी जग्गामा कागती खेती गर्दा करिब रु १० लाख आम्दानी हुने कृषि विज्ञको भनाइ छ ।
नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ । तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर आयात भने रोकिएको छैन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ ।
त्यस्तै सोही अवधिमा अङ्गुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ । नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार आठ किलोग्राम अङ्गुर आयात भएको तथ्याँङ्क छ ।
यसैगरी सोही अवधिमा नेपालमा भारतबाट झन्डै रु १० करोड मूल्य बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट रु दुई करोडको एभोकाडो, भारतबाट रु १६ करोडको खर्बुजा, चीनबाट रु १३ करोडको नासपाती भारतबाट रु चार करोडको किवी, रु नौ करोडको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एंव विभिन्न थरीका अन्य फलपूmल गरी झन्डै रु तीन अर्बको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...
प्रतिकृया लेख्नुहोस्: