काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको जानकारी दिए । तीमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन् ।
आज होलीका अवसरमा उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्ष्य गरी रङ, लोला हान्ने, अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि विशेष निगरानी गरेको महाशाखाले जनाएको छ ।
पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा एक हजार ३०० ट्राफिक प्रहरी खटाएर कडाइका साथ जाँच गरिएकामा नियमविपरीत सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो ।
दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको थियो । महाशाखाले होली मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा सुरक्षाचौकी राखेर बिहानदेखि नै कडा जाँचको व्यवस्था मिलाएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशीले होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएका कारण काठमाडौँमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १७:५९
काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...
जेष्ठ ११ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...
जेष्ठ ११ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...
जेष्ठ ११ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...
जेष्ठ ११ गते, २०८३ - १७:०२
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...
जेष्ठ ११ गते, २०८३ - १६:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...
जेष्ठ ११ गते, २०८३ - १६:४१
दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...
जेष्ठ ११ गते, २०८३ - १६:२३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...
जेष्ठ ११ गते, २०८३ - १६:०५
मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...
जेष्ठ ११ गते, २०८३ - १५:५२
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...



प्रतिकृया लेख्नुहोस्: