Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

मानवीय लापरवाहीका कारण म्याग्दीमा डढेलोको जोखिम बढ्यो

खबरडबली संवाददाता
म्याग्दी । म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदका सुख्खायाममा पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । 
 
डढेलोको क्षति यतिमा मात्रै सीमित छैन, जनधनकोसमेत क्षति हुने जोखिम बढ्दै गएको छ । गत फागुन २४ गते मालिका गाउँपालिका–५ देवीस्थानको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भयो । भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर करिब २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको थियो भने उनका भाई मनबहादुर सख्त घाइते भएका छन् । अस्पतालमा उपचाररत मनबहादुरको अहिले चन्दा सङ्कलन गरी उपचार भइरहेको छ । 
 
जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा उक्त घटना भएको थियो । अहिले जिल्लाको दर्जनबढी स्थानमा डढेलो लागिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मानवीय लापरबाहीका कारण डढेलोको घटना बढ्दै गएको र पूर्वतयारी नहुने, स्रोत साधनको अभावलगायतका कारणले यसले हरेक वर्ष भौतिक र मानवीय क्षति निम्त्याउन थालेको बताए । 
 
“आफ्नो क्षेत्र मात्रै सुरक्षित छ भनेर बस्न मिल्ने अवस्था होइन, एक क्षेत्रमा लागेको डढेलो अर्को ठाउँमा पनि फैलन सक्छ, वनमा लागेको आगो निभाउने आधारभूत सचेतनासमेत फैलाउन जरुरी छ, त्यसमा सुरक्षा निकाय र डिभिजन वन कार्यालयसँगै वन उपभोक्ता समूह र स्थानीय तहलेसमेत तत्परता देखाउनुपर्छ”, उनले भने । 
 
आगलागी नियन्त्रणका लागि संयन्त्र नबन्दा सयौँ मानिस रमिते बन्ने गरेको उल्लेख गर्दै उनले सानो कमजोरी र सामान्य सावधानी अपनाउन नसक्दा ठूलो क्षति व्यहोर्नुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउछन् । नेपालमा अधिकांश आगलागी मानवीय कमजोरीका कारण सिर्जित हुने गरेको छ । वर्षेनी करिब एक लाख हेक्टर वन क्षेत्रमा डढेलोको असर पुग्ने र त्यसले वनस्पति, वन पैदावार, वन्यजन्तु, जैविक विविधतासँगै जनधनमासमेत क्षति पुर्‍याउने गरेको छ ।
 
प्राकृतिक र आकस्मिकरुपमा समेत वन जङ्गलमा आगलागी हुने भए पनि नेपालमा ८० प्रतिशत वन डढेलो मानव सिर्जित हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । सुख्खा यामको सुरुआतमै आगलागीले वन जङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् । डढेलो हरेक सुक्खायामको एउटा ठूलो समस्या हो । 
 
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले वन डढेलोको घटना बढ्दो क्रममा रहेकाले समुदायस्तरमा वन डढेलोले निम्त्याउने असर र जोखिमबारे सचेतनासँगै जथाभावी आगलागी गराएर डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाही हुनेबारेमा समुदायस्तरमा सन्देश फैलाउन आवश्यक रहेको बताए।
 
म्याग्दीका अधिकांश वन क्षेत्र भिरालो जमिनमा रहेको, धेरैजसोमा पानीको सहज उपलब्धता नभएका कारण आगलागीका घटनाले ठूलो क्षति निम्त्याउने गरेको उनले बताए । उनका अनुसार, गत वर्ष एक जना र यो वर्षको फागुन अन्तिम साता एक जनाले डढेलोका कारण ज्यान गुमाएका छन् । गत वर्ष जिल्लामा एक हजार ११७ हेक्टर बढी वन क्षेत्र डढेलोले सखाप पारेको थियो । 
 
उक्त वर्षमा बेनी नगरपालिकाको छ, मङ्गला गाउँपालिकाको १०, मालिका गाउँपालिकाको सात, रघुगङ्गा गाउँपालिकाको १०, अन्नपूर्ण गाउँपालिकाको सात र धवलागिरि गाउँपालिकाको छ स्थानका वन क्षेत्रमा डढेलो लागेको थियो । जिल्लामा डढेलो नियन्त्रण र रोकथामका लागि डिभिजन वन कार्यालयले सञ्चारमाध्ययममार्फत सूचना प्रकाशन/प्रसारणसँगै विभिन्न विद्यालयमा विद्यालय शिक्षा र वन उपभोक्ता समूहस्तरमा डढेलो नियन्त्रणसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । 
 
विद्यार्थी हुँदै समुदायमा सचेतना फैलाउने उद्देश्यले यस वर्ष विभिन्न १२ विद्यालयमा डढेलो नियन्त्रणसम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यालयले वन्यजन्तुलाई खानेपानीको प्रबन्ध मिलाउन र डढेलो लागेका समयमा आगो नियन्त्रणका लागिसमेत प्रयोग गर्न सघाउने प्रयोजनका लागि यस वर्ष विभिन्न १० वटा सामुदायिक वनमा पोखरीसमेत निर्माण गर्न थालेको जनाइएको छ ।
 
त्यसैगरी समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायतमा सहजीकरण, सुरक्षा निकायलाई आवश्यकपर्ने डढेलो नियन्त्रणका सामग्री सहयोग, पूर्वतयारीसँगै डढेलो लागेमा सुरक्षा निकाय, वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवालासँग समन्वयसँगै जनशक्ति परिचालनमा समेत अगुवाइ गरिँदै आइएको डिभिजन वन अधिकृत रानाभाटले जानकारी दिए । नेपालमा पछिल्लो पाँच वर्षमा गत वर्ष सबैभन्दा धेरै डढेलो लागेको थियो । 
 
गत वर्ष सन २०२१ मार्च २६ का दिन देशका ५४ जिल्लाको ४३७ स्थानमा एकैपटक डढेलो लागेको थियो । डढेलो लगाउनेलाई जरिवाना सहित कैद सजाय हुन भएपनि समुदायबाट सूचना लुकाउने प्रचलनका कारण घटनामा संलग्नको पहिचानमा समस्या हुने गरेको सहायक डिभिजन वन अधिकृत नरबहादुर क्षेत्रीले बताए । उनका अनुसार, डढेलो लगाउने व्यक्तिलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...

रवि लामिछानेको भारत भ्रमण जेठ १८ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...

सुशासन र सुधारमा केन्द्रित लुम्बिनीको नयाँ नीति तथा कार्यक्रम

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending