Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मानवीय लापरवाहीका कारण म्याग्दीमा डढेलोको जोखिम बढ्यो

खबरडबली संवाददाता
म्याग्दी । म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदका सुख्खायाममा पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । 
 
डढेलोको क्षति यतिमा मात्रै सीमित छैन, जनधनकोसमेत क्षति हुने जोखिम बढ्दै गएको छ । गत फागुन २४ गते मालिका गाउँपालिका–५ देवीस्थानको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भयो । भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर करिब २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको थियो भने उनका भाई मनबहादुर सख्त घाइते भएका छन् । अस्पतालमा उपचाररत मनबहादुरको अहिले चन्दा सङ्कलन गरी उपचार भइरहेको छ । 
 
जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा उक्त घटना भएको थियो । अहिले जिल्लाको दर्जनबढी स्थानमा डढेलो लागिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मानवीय लापरबाहीका कारण डढेलोको घटना बढ्दै गएको र पूर्वतयारी नहुने, स्रोत साधनको अभावलगायतका कारणले यसले हरेक वर्ष भौतिक र मानवीय क्षति निम्त्याउन थालेको बताए । 
 
“आफ्नो क्षेत्र मात्रै सुरक्षित छ भनेर बस्न मिल्ने अवस्था होइन, एक क्षेत्रमा लागेको डढेलो अर्को ठाउँमा पनि फैलन सक्छ, वनमा लागेको आगो निभाउने आधारभूत सचेतनासमेत फैलाउन जरुरी छ, त्यसमा सुरक्षा निकाय र डिभिजन वन कार्यालयसँगै वन उपभोक्ता समूह र स्थानीय तहलेसमेत तत्परता देखाउनुपर्छ”, उनले भने । 
 
आगलागी नियन्त्रणका लागि संयन्त्र नबन्दा सयौँ मानिस रमिते बन्ने गरेको उल्लेख गर्दै उनले सानो कमजोरी र सामान्य सावधानी अपनाउन नसक्दा ठूलो क्षति व्यहोर्नुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउछन् । नेपालमा अधिकांश आगलागी मानवीय कमजोरीका कारण सिर्जित हुने गरेको छ । वर्षेनी करिब एक लाख हेक्टर वन क्षेत्रमा डढेलोको असर पुग्ने र त्यसले वनस्पति, वन पैदावार, वन्यजन्तु, जैविक विविधतासँगै जनधनमासमेत क्षति पुर्‍याउने गरेको छ ।
 
प्राकृतिक र आकस्मिकरुपमा समेत वन जङ्गलमा आगलागी हुने भए पनि नेपालमा ८० प्रतिशत वन डढेलो मानव सिर्जित हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । सुख्खा यामको सुरुआतमै आगलागीले वन जङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् । डढेलो हरेक सुक्खायामको एउटा ठूलो समस्या हो । 
 
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले वन डढेलोको घटना बढ्दो क्रममा रहेकाले समुदायस्तरमा वन डढेलोले निम्त्याउने असर र जोखिमबारे सचेतनासँगै जथाभावी आगलागी गराएर डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाही हुनेबारेमा समुदायस्तरमा सन्देश फैलाउन आवश्यक रहेको बताए।
 
म्याग्दीका अधिकांश वन क्षेत्र भिरालो जमिनमा रहेको, धेरैजसोमा पानीको सहज उपलब्धता नभएका कारण आगलागीका घटनाले ठूलो क्षति निम्त्याउने गरेको उनले बताए । उनका अनुसार, गत वर्ष एक जना र यो वर्षको फागुन अन्तिम साता एक जनाले डढेलोका कारण ज्यान गुमाएका छन् । गत वर्ष जिल्लामा एक हजार ११७ हेक्टर बढी वन क्षेत्र डढेलोले सखाप पारेको थियो । 
 
उक्त वर्षमा बेनी नगरपालिकाको छ, मङ्गला गाउँपालिकाको १०, मालिका गाउँपालिकाको सात, रघुगङ्गा गाउँपालिकाको १०, अन्नपूर्ण गाउँपालिकाको सात र धवलागिरि गाउँपालिकाको छ स्थानका वन क्षेत्रमा डढेलो लागेको थियो । जिल्लामा डढेलो नियन्त्रण र रोकथामका लागि डिभिजन वन कार्यालयले सञ्चारमाध्ययममार्फत सूचना प्रकाशन/प्रसारणसँगै विभिन्न विद्यालयमा विद्यालय शिक्षा र वन उपभोक्ता समूहस्तरमा डढेलो नियन्त्रणसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । 
 
विद्यार्थी हुँदै समुदायमा सचेतना फैलाउने उद्देश्यले यस वर्ष विभिन्न १२ विद्यालयमा डढेलो नियन्त्रणसम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यालयले वन्यजन्तुलाई खानेपानीको प्रबन्ध मिलाउन र डढेलो लागेका समयमा आगो नियन्त्रणका लागिसमेत प्रयोग गर्न सघाउने प्रयोजनका लागि यस वर्ष विभिन्न १० वटा सामुदायिक वनमा पोखरीसमेत निर्माण गर्न थालेको जनाइएको छ ।
 
त्यसैगरी समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायतमा सहजीकरण, सुरक्षा निकायलाई आवश्यकपर्ने डढेलो नियन्त्रणका सामग्री सहयोग, पूर्वतयारीसँगै डढेलो लागेमा सुरक्षा निकाय, वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवालासँग समन्वयसँगै जनशक्ति परिचालनमा समेत अगुवाइ गरिँदै आइएको डिभिजन वन अधिकृत रानाभाटले जानकारी दिए । नेपालमा पछिल्लो पाँच वर्षमा गत वर्ष सबैभन्दा धेरै डढेलो लागेको थियो । 
 
गत वर्ष सन २०२१ मार्च २६ का दिन देशका ५४ जिल्लाको ४३७ स्थानमा एकैपटक डढेलो लागेको थियो । डढेलो लगाउनेलाई जरिवाना सहित कैद सजाय हुन भएपनि समुदायबाट सूचना लुकाउने प्रचलनका कारण घटनामा संलग्नको पहिचानमा समस्या हुने गरेको सहायक डिभिजन वन अधिकृत नरबहादुर क्षेत्रीले बताए । उनका अनुसार, डढेलो लगाउने व्यक्तिलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, पोखरेल पक्षका दुई जना मात्रै निर्वाचित

काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...

एमालेको १९ पदाधिकारीमा महिला १ जना मात्रै

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...

एमाले उपमहासचिवमा विष्णु रिमाल पराजित

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...

उपाध्यक्षमा सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित

काठमाडौं। नेकपा(एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएको छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गर...

एमाले सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले पूर्ण वर्चश्व कायम गरेको छ। सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गर...

ओली लगातार तेस्रो पटक नेकपा एमाले अध्यक्षमा निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित ...

महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउ...

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६:३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending