काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत काठमाडौँ महानगरपालिकाले निर्माण गरेको कङ्क्रिटको संरचना हटाइएको छ ।
महानगर उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको अनुगमन समितिले अनुगमन गरी संरचना भत्काएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए। नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो । विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगमन समितिलाई गुहारेका थिए ।
महानगरपालिकाले राति राति काम गरेर पुरातात्विक मापदण्ड विपरीत काम गरेको सम्पदा बचाउ अभियानकर्मी गणपतिलाल श्रेष्ठले बताए। महानगर उपप्रमुख श्रेष्ठको नेतृत्वमा आज अनुगमन गरेपछि विभागका महानिर्देशक दामोदर गौतमको कार्यकक्षमा बसेको सरोकार भएका निकायको बैठकले मापदण्ड विपरीतका संरचना भत्काउने निर्णय गरेको थियो । निर्णयबमोजिम महानगरीय प्रहरी वृत्त जनसेवाको समेत सहभागितामा ती संरचना हटाइएको हो ।
संरचना हटाउन युनेस्को, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतका निकायले पनि पत्राचार गरेका थिए । मापदण्ड विपरीतका संरचना निर्माणका विषयमा वसन्तपुर दरबार क्षेत्रका चारवटै वडा र महानगरपालिकाकै हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई जानकारी गराइएको थिएन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १७:५९
काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...
जेष्ठ ११ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...
जेष्ठ ११ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...
जेष्ठ ११ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...
जेष्ठ ११ गते, २०८३ - १७:०२
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...
जेष्ठ ११ गते, २०८३ - १६:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...
जेष्ठ ११ गते, २०८३ - १६:४१
दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...
जेष्ठ ११ गते, २०८३ - १६:२३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...
जेष्ठ ११ गते, २०८३ - १६:०५
मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...
जेष्ठ ११ गते, २०८३ - १५:५२
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...



प्रतिकृया लेख्नुहोस्: