Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

विश्व उपभोक्ता अधिकार दिवस : ढक–तराजुबाटै ठगिन्छन् उपभोक्ता

खबरडबली संवाददाता

काठमाडौं ।  आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस ।  ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो । 

सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता सम्बन्धी कानुन जारी गरेका हुन् । हामीले बजारबाट खरिद गर्ने सामान जोख्ने ढक–तराजुले सही मापन गर्‍यो कि गरेन भनेर कहिल्यै पनि सोचेका हुदैनौँ । पसलेले तौलकै भरमा सामान किन्दा ठगिने गरेका प्रशस्तै उदाहरण हुँदाहुँदै पनि उपभोक्ताले ध्यान नदिँदा यो क्रम अझै बढेर गएको छ । 

नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् । हिमाली जिल्ला म्याग्दीमा दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकांश ढक–तराजु पनि अवैधरूपमा प्रयोग भइरहेका छन् । गुणस्तर तथा नापतौल डिभिजन कार्यालयको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ । 

यसबाट व्यापारी मोटाइ रहेका छन् भने उपभोक्ता दिनहुँ ठगिरहेका छन् । त्यसैगरी एउटै सामानको मूल्य पसलैपिच्छे फरक–फरक हुँदा एउटै सामानको तीन थरी मूल्य तिर्न उपभोक्ता बाध्य छन् । व्यवसायीले सामान तौलने प्रयोजनका लागि खरिद गरेका ढक–तराजु परीक्षणबिना प्रयोग गर्न बन्देज छ । तर, उपत्यकामा ५० प्रतिशतभन्दा बढी व्यवसायीले परीक्षण नगराएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । परीक्षण नगरिएका ढक–तराजुबाट उपभोक्ता ठगिने सम्भावना रहने उपभोक्ता मञ्च म्याग्दीले जनाएको छ । 

त्यस्तै उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेको सचेत उपभोक्ताको गुनासो छ । अर्थशास्त्र विषयका प्राध्यापक तथा म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार भए पनि उपभोग्य वस्तुमा हुने मिसावटले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने गरेको बताउनुभयो । 
  
अधिकारकर्मीका अनुसार व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । एक किलोको ढकमा एक हजार ग्राम हुन्छ तर ९०० ग्राम मात्रै राखिएको ढकलाई एक किलो भन्दै सामान तौलने गरिएको विभिन्न अनुगमन रिपोर्टले देखाएको छ । त्यसैगरी एउटै सामानको मूल्य प्रत्येक पसलमा अलग अलग तिर्नुपर्दा उपभोक्ता अन्योलमा पर्ने गरेका छन् । आइतबार बगरफाँटको एक पसलबाट रु ९० मा एक किलो चिनी किनेका उपभोक्ता तेजप्रसाद पौडेलले गाउँको पसलबाट रु ९५ मा किनेको बताउनुभयो । उपभोक्ता अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकका रूपमा राखिएको छ । तरपनि व्यवहारमा भने उपभोक्ता सधैँ ठगिरहनुपरेको सरोकारवालाको बुझाइ छ । 

उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गरिने भनेर संविधानमा नै उल्लेख गरिएको भए पनि यसको कार्यान्वयनको अवस्था भने दयनीय देखिएको म्याग्दीका उपभोक्ता श्याम सापकोटाले बताउनुभयो । व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । इलेक्ट्रोनिक्स तराजुमा सामान राखेपछि कति तौल भयो भनेर माथिपट्टि राखिएको इन्डिकेटरमा रातो अक्षरले देखाउँछ । तराजुको सामान राख्न बनाइएको समतल भागमा जति तौलको सामान राख्यो, इन्डिकेटरले त्यति नै तौल देखाउनुपर्ने हो । तर, व्यवसायीले क्यालिब्रेसन परीक्षण गराउँदै २० देखि ५० ग्रामसम्म बढी बनाउने गरेका छन् । यसो गर्दा यदि क्यालिब्रेसनमा ५० ग्राम बढी बनाइएको छ भने ४५० ग्राम बराबरको वस्तु राख्दा सो तराजुले पाँच सय ग्राम ९आधा किलो० परिमाण देखाउँछ ।

त्यसैगरी ठेला वा साइकलमा फलफूल बिक्री गर्ने धेरै व्यापारीले दुईतिर पल्ला भएको काँटावाला तराजु प्रयोग गर्छन् । तराजुको दुईतिर रहेको पल्लाको तौल बराबर हुनुपर्छ । तर, व्यापारीले एउटा गह्रौँ र अर्को तुलनात्मक रूपमा हलुका पल्ला प्रयोग गर्छन् । हलुका पल्लामा ढक र गह्रौँ पल्लामा फलफूल राख्छन् । गह्रौँ पल्लामा थोरै फलफूल राख्दा पनि धेरै हुन्छ र उपभोक्ता ठगिने अधिकारकर्मीले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

रास्वपाका सदस्य हिन्दूवादी अभियन्ता पनि हुन सक्छन् : सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...

सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, सीमा क्षेत्रमा तनाव

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...

पर्वतारोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...

कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, आन्तरिक विवादबीच रणनीतिक छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...

लघुवित्त पीडितको ‘राजधानी मार्च’, वित्तीय शोषण अन्त्य गर्न सरकारसँग माग

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending