Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

मुलुकका विश्वविद्यालय सुधार्नुपर्छ : मन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताएका छन् । गोदावरी नगरपालिका वडा नं ११ मा अवस्थित जनभावना क्याम्पसको ३१औँ वार्षिकोत्सव तथा डिजिटल जुम स्टुडियो फर इन्टरनेशनल कन्फरेन्स एवं जेबिसी खबर डटकमको उद्घाटन गर्दै आज उहाँले त्रिभूवन विश्वविद्यालयअन्तर्गत क्याम्पसलाई समयमै सुधार नगरे गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने गुनासो गरे। 

उनले भने, “यहाँका विश्वविद्यालय सुधार गर्न सरकार मात्रै नभएर सामूहिकरूपमा अघि बढ्नुपर्ने देखिन्छ । शिक्षालाई परम्परागतरूपमा मात्रै नभएर प्रविधिमार्फत पनि अघि बढाउनुपर्ने भएको छ ।” शिक्षा सुधारका लागि आफूहरूले चार ऐन बनाएर विभिन्न निकायमा छलफलका लागि पठाएको उनको भनाइ छ । मुलुकमा अघि बढिरहेको माध्यमिक शिक्षा सुधारका लागिसमेत मन्त्रालयले काम अघि बढाइरहेको पौडेलले बताए ।

“जमलस्थित केशर पुस्तकालयमा रहेका दस्तावेज आफूहरूले सङ्कलन गरी यसलाई प्रविधिमैत्रीमा रुपान्तरणसमेत गर्ने योजना अघि बढाएका छौँ”, उनले थपे, “यस क्याम्पस वनमा फुल्ने लालिगुराँस झैँ मुलुकको सुन्दर क्याम्पस बनोस् भन्ने हामी चाहान्छौँ ।” मुलुकमा थुपै प्रशासनिक तथा कानुनी जटिलतासमेत रहेको उल्लेख गर्दै उनले मन्त्रालयले अघि बढाएका शिक्षाका योजनाले केही समयपछि पूर्णता पाउने दाबी गरे । 

ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवालले सो क्याम्पसले विश्वविद्यालय तहको शिक्षा प्रदान गर्ने अपेक्षा बोकेर अघि बढ्दा नगरपालिकाले उपलब्ध गराएको जमिनमा नयाँ भौतिक पूर्वाधार निर्माणका लागि आफूलेसमेत मन्त्रालयमार्फत बजेटको अपेक्षा गरेको भनाइ राखे । उनले भने, “मुलुकका सामुदायिक क्याम्पसको गुणस्तर सुधार गरी निजीतर्फ आकर्षित हुनेक्रम घटाउन जरुरी छ ।” देशका कुनै पनि विद्यालय तथा क्याम्पस मात्रै प्रमाणपत्र बिक्री गर्ने कारखाना नबनोस् भन्ने उनको मत थियो । 

विश्वविद्यालय अनुदान आयोग (युजिसी) का अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले मुलुकमा कुल एक हजार ४३७ सामुदायिक क्याम्पस रहेको जानकारी गराउँदै सोमा ५७ क्याम्पसमध्ये जनभावनाले सो आयोगमार्फत नेपालमा उच्च शिक्षा सुधारका लागि गुणस्तर सुनिश्चितता एवं प्रत्यायन ९क्युएए० गत २०७६ पुसमा प्राप्त गरी सो भेगका बालबालिकाको जीवनमा ज्योति भर्ने काम गरेको औँल्याउनुभयो । उनले भने, “मुलुकमै सञ्चालन रहेका हरेक तवरका क्याम्पसले अनुसन्धानमा खासै ध्यान दिएको नदेखिँदा यसतर्फ जोड दिनुपर्नेछ ।”

त्रिविका शिक्षाध्यक्ष सिवलाल भुसालले जनभावनमा भएको शिक्षा सुधारका कामले आफूहरूसमेत गौरवान्वित भइरहेको सुनाए। उनले भने, “आज शिक्षामा गरिएको लगानीले भोलिको मुलुक कस्तो बन्छ भन्नेतर्फ मध्यनजर गर्न जरुरी छ ।” त्रिवि शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा चित्रबहादुर बुढाथोकीले मुलुकमा अझै पनि परम्परागत शिक्षा कायाम रहेको दुखेसो गर्दै आधुनिक शिक्षा प्रदानमा जोड दिनुपर्ने धारणा राखे । 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफूहरूले लिएको नारा गोदावरीलाई सदैव शिक्षा र स्वास्थ्यमा अघि बढाउने योजनाबमोजिम सो क्याम्पसको सहयोगमा विश्वविद्यालय खडा भएको हेर्ने इच्छा रहेको बताए। नगरपालिकाका शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले नगरपालिकाले शिक्षातर्फ छुट्याएको बजेट एकदमै कम रहेको जानकारी गराउँदै सो नगरपालिकालाई आएकामा १० प्रतिशतका साथै सङ्घीय कूल बजेटको २० प्रतिशत रकम शिक्षामा विनियोजन गर्न आग्रह गरे। 

सो क्याम्पस सञ्चालक समितिका कार्यवाहाक अध्यक्ष रविन्स शर्माले जनभावनामा संस्कारसहितको शिक्षा एवं प्रविधिमैत्री शिक्षा कायम गर्नका लागि आफूहरूले आउँदो शैक्षिकसत्रमा त्यसैअनुरूपको वातावरण निर्माण गर्ने योजना बनाइरहेको जानकारी गराए। क्याम्पस प्रमुख शिवराज सञ्जेलले उच्च शैक्षिक जनशक्तिको केन्द्र बनाएर स्वायतताको कार्यक्रम सञ्चालन गरी मुलुककै नमूना क्याम्पसका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा क्याम्पसमा अक्षयकोष खडा गर्न सहयोग गर्ने दाता एवं क्याम्पसमार्फत उच्च नतिजा हासिल गर्न सफल विद्यार्थीका साथै क्याम्पसस्तरीय विभिन्न गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...

रवि लामिछानेको भारत भ्रमण जेठ १८ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...

सुशासन र सुधारमा केन्द्रित लुम्बिनीको नयाँ नीति तथा कार्यक्रम

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending