Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मुलुकका विश्वविद्यालय सुधार्नुपर्छ : मन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताएका छन् । गोदावरी नगरपालिका वडा नं ११ मा अवस्थित जनभावना क्याम्पसको ३१औँ वार्षिकोत्सव तथा डिजिटल जुम स्टुडियो फर इन्टरनेशनल कन्फरेन्स एवं जेबिसी खबर डटकमको उद्घाटन गर्दै आज उहाँले त्रिभूवन विश्वविद्यालयअन्तर्गत क्याम्पसलाई समयमै सुधार नगरे गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने गुनासो गरे। 

उनले भने, “यहाँका विश्वविद्यालय सुधार गर्न सरकार मात्रै नभएर सामूहिकरूपमा अघि बढ्नुपर्ने देखिन्छ । शिक्षालाई परम्परागतरूपमा मात्रै नभएर प्रविधिमार्फत पनि अघि बढाउनुपर्ने भएको छ ।” शिक्षा सुधारका लागि आफूहरूले चार ऐन बनाएर विभिन्न निकायमा छलफलका लागि पठाएको उनको भनाइ छ । मुलुकमा अघि बढिरहेको माध्यमिक शिक्षा सुधारका लागिसमेत मन्त्रालयले काम अघि बढाइरहेको पौडेलले बताए ।

“जमलस्थित केशर पुस्तकालयमा रहेका दस्तावेज आफूहरूले सङ्कलन गरी यसलाई प्रविधिमैत्रीमा रुपान्तरणसमेत गर्ने योजना अघि बढाएका छौँ”, उनले थपे, “यस क्याम्पस वनमा फुल्ने लालिगुराँस झैँ मुलुकको सुन्दर क्याम्पस बनोस् भन्ने हामी चाहान्छौँ ।” मुलुकमा थुपै प्रशासनिक तथा कानुनी जटिलतासमेत रहेको उल्लेख गर्दै उनले मन्त्रालयले अघि बढाएका शिक्षाका योजनाले केही समयपछि पूर्णता पाउने दाबी गरे । 

ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवालले सो क्याम्पसले विश्वविद्यालय तहको शिक्षा प्रदान गर्ने अपेक्षा बोकेर अघि बढ्दा नगरपालिकाले उपलब्ध गराएको जमिनमा नयाँ भौतिक पूर्वाधार निर्माणका लागि आफूलेसमेत मन्त्रालयमार्फत बजेटको अपेक्षा गरेको भनाइ राखे । उनले भने, “मुलुकका सामुदायिक क्याम्पसको गुणस्तर सुधार गरी निजीतर्फ आकर्षित हुनेक्रम घटाउन जरुरी छ ।” देशका कुनै पनि विद्यालय तथा क्याम्पस मात्रै प्रमाणपत्र बिक्री गर्ने कारखाना नबनोस् भन्ने उनको मत थियो । 

विश्वविद्यालय अनुदान आयोग (युजिसी) का अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले मुलुकमा कुल एक हजार ४३७ सामुदायिक क्याम्पस रहेको जानकारी गराउँदै सोमा ५७ क्याम्पसमध्ये जनभावनाले सो आयोगमार्फत नेपालमा उच्च शिक्षा सुधारका लागि गुणस्तर सुनिश्चितता एवं प्रत्यायन ९क्युएए० गत २०७६ पुसमा प्राप्त गरी सो भेगका बालबालिकाको जीवनमा ज्योति भर्ने काम गरेको औँल्याउनुभयो । उनले भने, “मुलुकमै सञ्चालन रहेका हरेक तवरका क्याम्पसले अनुसन्धानमा खासै ध्यान दिएको नदेखिँदा यसतर्फ जोड दिनुपर्नेछ ।”

त्रिविका शिक्षाध्यक्ष सिवलाल भुसालले जनभावनमा भएको शिक्षा सुधारका कामले आफूहरूसमेत गौरवान्वित भइरहेको सुनाए। उनले भने, “आज शिक्षामा गरिएको लगानीले भोलिको मुलुक कस्तो बन्छ भन्नेतर्फ मध्यनजर गर्न जरुरी छ ।” त्रिवि शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा चित्रबहादुर बुढाथोकीले मुलुकमा अझै पनि परम्परागत शिक्षा कायाम रहेको दुखेसो गर्दै आधुनिक शिक्षा प्रदानमा जोड दिनुपर्ने धारणा राखे । 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफूहरूले लिएको नारा गोदावरीलाई सदैव शिक्षा र स्वास्थ्यमा अघि बढाउने योजनाबमोजिम सो क्याम्पसको सहयोगमा विश्वविद्यालय खडा भएको हेर्ने इच्छा रहेको बताए। नगरपालिकाका शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले नगरपालिकाले शिक्षातर्फ छुट्याएको बजेट एकदमै कम रहेको जानकारी गराउँदै सो नगरपालिकालाई आएकामा १० प्रतिशतका साथै सङ्घीय कूल बजेटको २० प्रतिशत रकम शिक्षामा विनियोजन गर्न आग्रह गरे। 

सो क्याम्पस सञ्चालक समितिका कार्यवाहाक अध्यक्ष रविन्स शर्माले जनभावनामा संस्कारसहितको शिक्षा एवं प्रविधिमैत्री शिक्षा कायम गर्नका लागि आफूहरूले आउँदो शैक्षिकसत्रमा त्यसैअनुरूपको वातावरण निर्माण गर्ने योजना बनाइरहेको जानकारी गराए। क्याम्पस प्रमुख शिवराज सञ्जेलले उच्च शैक्षिक जनशक्तिको केन्द्र बनाएर स्वायतताको कार्यक्रम सञ्चालन गरी मुलुककै नमूना क्याम्पसका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा क्याम्पसमा अक्षयकोष खडा गर्न सहयोग गर्ने दाता एवं क्याम्पसमार्फत उच्च नतिजा हासिल गर्न सफल विद्यार्थीका साथै क्याम्पसस्तरीय विभिन्न गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending