Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ– राष्ट्रपति भण्डारी

खबरडबली संवाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएकि छन् । मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ राष्ट्रिय भेलापछि जारी गरिएकोे ‘काठमाडौँ घोषणापत्र’ ग्रहण गर्दै राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या आउन नदिनका लागि राज्यले स्वदेशमै रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिइन्। 
 
‘शक्ति समूह र एट्विन’ नामक संस्थाले आज प्रस्तुत गरेको घोषणापत्र ग्रहण गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “महिला वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताबारे गहिरो गरी अध्ययन गरेर कारण पत्ता लगाई राज्यले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या सदाका लागि समाधान गर्नुपर्छ ।” 
 
उनले आर्थिक, सामाजिक, बेरोजगारी, शैक्षिक वा चेतनाको कमीले पनि महिला वैदैशिक रोजगारीमा जान बाध्य हुनसक्ने भन्दै त्यसबारेमा राज्यले अध्ययन गरी प्रभावित जिल्लामा आत्मनिर्भर हुनेगरी रोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने बताइन् । 
 
राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारी र मानव बेचबिखन सम्बन्धमा भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको सन्दर्भ उल्लेख गर्दै वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या समाधानका लागि सरकार र सम्बन्धित मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 
 
उनले वैदेशिक रोजगारीमा जाने क्रममा नेपाली महिलाले भोगिरहेको समस्या महिलाको मात्रै समस्या नभएर सिङ्गो राष्ट्रको समस्या भएको बताउँदै राष्ट्रपति भण्डारीले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रममार्फत वैदेशिक रोजगारीबाट प्रभावित महिलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 
 
उनले भनिन्, “वैदेशिक रोजगारीका क्रममा महिला प्रभावित हुनुपर्ने समस्या राष्ट्रको प्रतिष्ठामा आँच आउने विषय भएकाले उद्धार र पुन:स्थापना गर्नुपर्ने परिस्थिति नै आउन नदिन यसलाई राज्यले नै गम्भीरतापूर्वक समाधान गर्नुपर्छ ।” 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

सांसदहरूले अनुशासन उल्लंघन गरे 'राइट टु रिकल'कडाइका साथ लागू गरिने रवी लामिछानेको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...

खोटाङमा हेलिकप्टर दुर्घटना अपडेट, दुई घाइतेलाई काठमाडौं ल्याइयो

खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि  बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको  सरकार विरुद्...

कोरला नाकामा चिसो घटेपछि लयमा फर्कियो ब्यवसाय

मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...

रास्वपा अभिमुखीकरणमा पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...

बागलुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...

खोटाङमा हेलिकोप्टर दुर्घटना

खोटाङ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको उक्त हेलिकोप...

भीरबाट लडेर बैतडीमा एकको मृत्यु

वाशुलिङ बैतडी । भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: