Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

चुनावमा तालमेल गरेर जाने विषयमा चैत दोस्रो साताभित्र निर्णय हुन्छ: महामन्त्री थापा

खबरडबली संवाददाता
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताए। 
 
प्रेस युनियन सुर्खेतले आज आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उनले भने, “कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो”, महामन्त्री थापाले भने, “यो गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।”
 
 
उनले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, “त्यति बेला तत्कालीन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ ।’’ उनका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ । 
 
महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पारे। अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरुको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उनले जानकारी गराए । महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबण्डाको अन्त्य गर्न खोजेको बताए। पार्टीभित्र हुने भागबण्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उनको भनाइ थियो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending