Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

प्रकाश सपुतकाे गीत विवादमा, कथावस्तु कति वास्तविक ? दण्ड र प्रतिबन्धको माग

सहनिर्देशक भन्छन् : कलात्मक विम्बमार्फत् समग्र अवस्था देखाउन खोजेका हौँ, तर गलत बुझियो

खबरडबली संवाददाता

काठमाडौं । गायक प्रकाश सपुतले बेजोड प्रश्नको सङ्ज्ञा दिएको उनकै गीति भिडिओ यतिखेर बहसको विषय बनेको छ।

शुक्रवार सार्वजनिक 'पीर' बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ।

भिडिओको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ। त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन्।

रोचक कुरा त के छ भने भिडियाेमा 'देहव्यापार गर्न लागेकी महिला' को भूमिका निर्वाह गरेकी कलाकार केशु पुन मगर 'केशरी' स्वयं पनि सशस्त्र युद्ध हुँदा माओवादी पार्टीमा थिइन्।

उनका अनुसार 'उनी जानेर वा नजानेर माओवादी आन्दोलनमा एक दशकसम्म योगदान पुर्‍याएको जनवादी कलाकारू हुन्।
हामीले बन्दुक उठाएनौँ, तर जनवादी कलाकारको रूपमा माइक उठायौँ। पार्टीको नारालाई आवाजमार्फत् उठायौँ। ज्यान जोखिममा राखेर सडकसडकमा नाच्दै हिँड्यौँ,' उनले केही आक्रोश मिसिएको बोलीमा बोलिन्।

'तर बदलामा के पायौँ? केही पनि छैन। हामीलाई नचाउनेहरूदेखि सँगै नाच्नेहरूले पद र प्रतिष्ठा कमाए। अब त बाटोमा कतै हामीसँग ठोक्किँदा समेत चिन्दैनन्,' उनले भनिन्।

उनले गणतन्त्र आएपछि आफू 'जनवादी कलाकार'बाट कलाकारु मात्र भएको जिकिर गरिन्। त्यसयता एक छाक खानकै लागि गर्न परेको सङ्घर्ष निकै कठिन भएको उनी बताउँछिन्।

प्रकाश सपुतले आफूसमक्ष भिडिओको कथावस्तु सुनाउँदा आफूलाई निकै गाह्रो भएको उनले बीबीसीसँग सुनाइन्।

पहिले सांस्कृतिक समूहमा रहँदा लगाएको प्रकृतिको लुगा लगाउनुपर्ने भन्दा मलाई निकै गाह्रो भयो। मलाई ती दिन सम्झिँदा पीडा हुन्छ, सम्झनु थिएन।'

तर भिडिओको कथावस्तुले थुप्रै महिला योद्धाहरूको वर्तमान परिस्थिति झल्काउने भएकाले उक्त भूमिका नकार्न नसकेको बताइन्।

भिडिओमा देखाइएको कथा कसैमाथिको लाञ्छना होइन। परिस्थितिको चित्रण हो। जसमा सम्बन्धित पार्टीको ध्यानाकर्षण हुन आवश्यक छ,' उनले भिडिओमा प्रस्तुत हुनुको औचित्य प्रष्ट्याइन्।

हाल भिडिओमा आफूले निर्वाह गरेको चरित्रको विरोध हुनुलाई उनी 'आफ्ना योद्धाहरूको पीडादायी अवस्थाबारे माओवादीका ठूला नेता बेखबर छन्' भन्ने सङ्केत मान्छिन्।

यूट्यूबबाट हटाउन चेतावनी
माओवादी विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले उक्त गीत यूट्यूबबाट हटाउन चेतावनी दिएपछि उक्त भिडिओबारे सामाजिक सञ्जालमा व्यापक चर्चा हुन थाल्यो।

सिंहले भिडिओमार्फत् जनयुद्धमा सहभागी महिलाहरू देहव्यापारमा संलग्न भएको सन्देश दिनुू प्रति आपत्ति जनाउँदै लेखेकी छन् 'यस भिडिओ निन्दनीय छ। जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको, राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा बुझाइरहनुपर्ने होर ?'

भिडिओ अपमानजनक भएको र सर्जक सपुतले माफी मागेर त्यसलाई यूट्यूबबाट हटाउनु पर्ने चेतावनी दिएकी छन्।
प्रकाश सपुतले भने 'पीर' एउटा बेजोड प्रश्न भएको लेखेका छन्।

उनले एक फेसबुक पोस्टमा लेखेका छन्: पीर एउटा सिर्जना, गीत र भिडिओको साथसाथै एउटा प्रश्न पनि हो। बेजोड प्रश्न।

उनले भिडिओमा झल्किने माओवादी लडाकुहरूको वर्तमान अवस्थालाई इङ्गित गर्दै लेखेका छन् 'यस्तो गीतहरु गाउँदिनँ, बनाउँदिनँ भन्छु तर फेरि कसोकसो सिर्जनाहरू उतै मोडिन्छन्। थाहा छैन म निराशावादी हो कि हामी बाँचेको समय र परिवेश निराशाजनक हो।'

पक्षमा राजनीतिक नेतादेखि कलाकारसम्म
नेपालमा माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व गरेकामध्ये एक शीर्ष नेता डा। बाबुराम भट्टराईले प्रकाश सपुतको पक्षमा आफ्नो मत राखेका छन्। उनले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका हुन्।

'म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ,' उनले ट्वीट गरेका छन्।

उनले सर्जकलाई धम्काउनुको साटो क्रान्तिलाई नयाँ ढङ्गबाट अगाडि बढाउनु उचित हुने बताएका छन्।

महिलाहरू आफ्नो सन्तान र श्रीमान्‌को उपचारका निम्ति देह बेच्न बाध्य भएको तथ्य आफूले अनुसन्धानको क्रममा प्रत्यक्ष बुझेको भट्टराईको दाबी छ।

'हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्। तीतो सत्य स्वीकारौँ,' उनले आग्रह गरेका छन्।
सङ्गीतकर्मी एवं आगामी स्थानीय निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका बालेन शाहले प्रकाशको पक्षमा लेखेका छन्, 'यदि कुनै पनि गीत वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन। त्यो व्यवस्था र पार्टी कमजोर हो।'

उनले पार्टीको कमजोरीलाई हटाउन सर्जकलाई धम्काएर नहुने बताएका छन्।

दण्ड र प्रतिबन्धको माग
माओवादीकी सांसद यशोदा सुवेदीले आफूहरूलाई सार्वजनिक गीतको शब्द र लयसँग नभई भिडिओको केही अंशप्रति समस्या भएको बताएकी छन्।

'जनयुद्धबाट आएका र यसलाई बुझ्न चाहेकाहरूले आन्दोलनको आलोचनात्मक समर्थन र विरोध जनाउन सक्छन्। सुझाव दिन सक्छन्। तर आन्दोलनमा सहभागी महिलालाई देहव्यापारसँग जोडेर चरित्रमाथि प्रश्न उठाउन पाउँदैनन्, उनले केही आक्रोशित हुँदै भनिन्।

उनका अनुसार लडाकु पात्रको चित्रण आपत्तिजनक, खेदजनक र दण्डनीय छ।

उक्त सामग्रीले गाली बेइजत्तीविरुद्धको कानुन आकर्षित गर्ने उनको दाबी छ।

'आन्दोलनमा होमिएका महिला देहव्यापारमा छैनन्। जे देखाइयो त्यो असाध्यै आपत्तिजनक छ। प्रकाश सपुतले त्यसलाई सच्याउनुपर्छ, परिवर्तन गर्नुपर्छ। नत्र राज्यले त्यस गीतमाथि प्रतिबन्ध लगाउनु पर्छ,' उनले आफ्नो माग अघि सारिन्।

बागमती प्रदेशसभा सदस्य कञ्चन खनालले भने भिडिओलाई 'परिवर्तनको निम्ति नि:स्वार्थ मृत्युसँग जुधेका समग्र योद्धाहरूको जीवनमाथि भद्दा मजाक'को सङ्ज्ञा दिइन्।

उनले भनिन्, 'गरिबीलाई देहव्यापारसँग जोडेर नारी अस्मितामाथि उक्त म्युजिक भिडिओले उठाएको प्रश्न अक्षम्य र दण्डनीय छ।'

निर्वाचनअघि 'षड्यन्त्र' भएको दाबी
प्रकाश सपुतको गीतबारे हालसम्म नेकपा माओवादी केन्द्रको आधिकारिक प्रतिक्रिया आइसकेको छैन। तर केही नेताले भने यस गीत र निर्वाचनलाई जोडेर आफ्नो धारणा अघि सारेका छन्।

माओवादी सांसद रेखा शर्माले प्रकाशको गीतलाई निर्वाचनको ठिक अगाडि ल्याइएको नियोजित र षड्यन्त्रमूलक सामग्री भएको आरोप लगाइन्।

यद्यपि उक्त भिडिओ निर्वाचनअघि मात्र नभई जुनसुकै बेला ल्याएको भए पनि ठिक नहुने उनको तर्क छ।

'सिङ्गो आन्दोलनमा सहभागी महिलाहरूको अपमान गरिएको छ। जुनसुकै पेसा, क्षेत्र, आन्दोलनको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ। तर त्यस भिडिओमार्फत् महिलाहरूको त्याग, बलिदान र उत्सर्गपछि प्राप्त अधिकारविरुद्ध धावा बोलिएको छ,' शर्माले भनिन्।

'उक्त गीति भिडिओ खेदजनक र बेठिक छ। हामी आम नेपाली महिलाविरुद्धको अपमान हो।'

सङ्गीतकार सङ्घका पूर्वअध्यक्ष एवं संरक्षक लक्ष्मण शेष कुनै पनि सिर्जना कतै राख्ने वा हटाउने अधिकार केवल सर्जकसँग हुने बताउँछन्। गीतको रचयिता, सङ्गीतकार र त्यसको लगानीकर्ताको अधिकारविरुद्ध कुनै पनि कदम उठाउन नमिल्ने उनको विचार छ।

उनी भन्छन्,'गीत र भिडिओ सिर्जना हो। त्यसलाई हटाऊ भनेर कसैको सिर्जनात्मक सम्पत्तिमाथि लगाम लगाउन मिल्दैन।

उनले कलाकारले समाजमा भएका घटनालाई कलामार्फत् अभिव्यक्त गर्न पाउनुपर्ने बताए।

सांसद यशोदा सुवेदी भने अभिव्यक्ति स्वतन्त्रताको नाममा सिङ्गो युद्धमा लागेकाहरूको चरित्रमा आक्रमण भएको बताउँछिन्।

'चरित्रमा प्रहार गर्ने स्वतन्त्रता कसैलाई हुँदैन। अभिव्यक्ति स्वतन्त्रता भनेको कानुनविपरीत होइन कानुनको अधीनमा रहेर हुनुपर्छ,' उनले भनिन्।

'देहव्यापार विम्बात्मक प्रयोग'
प्रकाश सपुतसँग बीबीसीले कुरा गर्ने प्रयास गरेको थियो। तर कार्यव्यस्तता को कारण देखाउँदै उनी त्यसका लागि उपलब्ध भएनन्।

गीतको भिडिओका सहनिर्देशक सुनिल विक देहव्यापारुलाई पूर्वलडाकुहरूले भोगिरहेको अवस्थाको विम्बका रूपमा व्याख्या गर्छन्।

उनले बीबीसीसँग भने,'एउटा कलात्मक विम्बमार्फत् समग्र अवस्था देखाउन खोजेका हौँ। तर त्यसलाई गलत बुझियो।'

उनले भिडिओ विवादमा तानिएसँगै निर्माण समूहलाई सामाजिक सञ्जालमार्फत् भिडिओ हटाउन दबावपूर्ण सन्देशहरू आइरहेको बताए। तर व्यक्तिगत रूपमा भने सर्जक प्रकाश सपुत, आफूलगायत कसैलाई पनि फोन वा जानकारी नआएको बताए।

कलाकार केशु मगर भिडिओको कथावस्तु काल्पनिक भए पनि पात्रहरू समाजबाटै 'टपक्क टिपेर पर्दामा उतारेको' बताउँछिन्।

'यो भिडिओ आरोप होइन, बन्दुक बिसाए पनि पीर बिसाउने ठाउँ नभेटेकाहरूको कथा हो। छोह्र मिनेट लामो कथाले वर्षौँ लामो क्रान्तिलाई हल्लाउन सक्दैन। यथार्थले उहाँहरूलाई कमजोर तुल्याउन वा तहसनहस पार्नु हुँदैन,' उनी भन्छिन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending