काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले भाइ कांग्रेस भएको कुरा जनतामा लैजान पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले एमाले र कांग्रेसको सैद्धान्तिक लक्ष्य मिल्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता खनालले । कांग्रेस पुँजीवादमा प्रस्ट भएको तर एमाले कम्युनिस्टको नाममा पुँजीवादी पार्टी भएको वताए । 'कांग्रेसले पनि पुँजीवादी जनवादको कुरा गर्छ उनीहरू (एमाले) पनि पुँजीवादी जनवादका कुरा गर्छन् । त्यसैले एमालेलाई भाइ कांग्रेस भन्दा हुन्छ । त्यसैले गाउँगाउँसम्म एमालेलाई भाइ कांग्रेस भनेर जानुपर्छ,' पार्टी कार्यकर्तालाई पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने ।
जबजलाई सिद्धान्त बनाएको एमाले पुग्ने लक्ष्य पुँजीवादी भएको खनालको भनाइ थियो । एकीकृत समाजवादीले मुलुकमा समाजवाद स्थापना गर्ने मार्क्सवादी र लेनिनवादी सिद्धान्त लिएको तर एमालेले भने पुँजीवादी बाटो अंगालेको उनको तर्क थियो ।
एकीकृत समाजवादी पार्टी तीन वर्षमा नेपालको ठूलो पार्टी बन्ने खनालको दाबी छ। उनले भने, 'विद्रोह गरेको ६ महिना भयो । यो ६ महिनाको अवधिमा हामीले राष्ट्रव्यापी पार्टी बनाइसक्यौं । अर्को ६ महिनाको र एक वर्षमा यो पार्टी कत्रो हुन्छ ? यही गतिमा अगाडि बढ्यौं भने एक वर्ष, दुई वर्ष, तीन वर्षको बीचमा यो देशको सबैभन्दा ठूलो र अग्रगामी हाम्रो पार्टी हुनेछ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १७:२८
काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुर...
चैत्र ६ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...
चैत्र ६ गते, २०८२ - १६:०६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...
चैत्र ६ गते, २०८२ - १५:५५
वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चैत ६ गते बिहान वीरगञ्ज म...
चैत्र ६ गते, २०८२ - १५:५०
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...
चैत्र ६ गते, २०८२ - १४:५९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...
चैत्र ६ गते, २०८२ - १४:५५
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...
चैत्र ६ गते, २०८२ - १४:४८
घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...
चैत्र ६ गते, २०८२ - १४:४०
भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...


प्रतिकृया लेख्नुहोस्: