लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनले लुम्बिनी क्षेत्रको विकासका लागि तत्काल खटिन कोषका पदाधिकारीहरुलाई आग्रह पनि गरे । उनले भने, “तपाईंहरुको पाँचवर्षे कार्यकाल छ, आफ्नो कार्यकालभित्र लुम्बिनी क्षेत्रको विकास गर्नुस् ।”
मन्त्री आलेले आउँदै गरेको बुद्ध जयन्तीलाई भव्य तथा सभ्य रुपमा सफल पार्नका लागि एकजुट भएर लाग्न सबै पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन पनि दिए। उनले भने , “बुद्ध जयन्तीका लागि सबै जुटौँ, देश विदेशबाट जति सक्दो बढी बुद्ध धर्मावलम्बी तथा पर्यटकलाई भित्र्याउनका लागि प्रचारप्रसारमा लाग्नुस्, मैले गर्नुपर्ने सहयोग म गर्न तयार छु ।”
मन्त्री आलेले नवनियुक्त पदाधिकारीलाई शुभकामना तथा बधाई दिनुहुँदै उच्च मनोबलका साथ काम गर्नसमेत पदाधिकारीलाई निर्देशन दिए । हालसम्म लुम्बिनी विकास कोषअन्तर्गत ८१ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्नका लागि जति लाग्छ, त्यसको लागत स्टिमेट ल्याउन र एकै चोटि काम सम्पन्न गर्ने गरी बहुवर्षीय प्रक्रियाबाट काम अगाडि बढाउने गरी काम गर्न उनले आग्रह गरे । मन्त्री आलेले लुम्बिनी क्षेत्रमा हाल भइरहेका कामहरु क्वालिटी योग्य भएको आफूले अनुगमनका क्रममा पाएकाले सोही अनुसार अन्य काम पनि अगाडि बढाउन निर्देशन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: