काठमाडौं । वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । त्यस्ता कम्पनीलाई शेयर बजारमा सूचीकृत हुने वातावरण बनाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए।
बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शेयर बजारको विस्तार र थप विकासका लागि पनि वास्तविक क्षेत्रका कम्पनीलाई सूचीकरणका लागि आवश्यक वातावरण बनाइने जानकारी दिए । नेपालको शेयर बजारमा बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीको बोलवाला छ । वास्तविक क्षेत्रका कम्पनी आकर्षित भए पनि उल्लेख्य मात्रामा बजारमा सूचीकृत हुन सकेको छैन । संसारका विभिन्न देशमा वास्तविक क्षेत्रलाई विशेष प्राथमिकता दिएर शेयर बजारमा सूचीकृत गराइएका कारण बजार विस्तार भएको तथ्य पेश गर्दै अध्यक्ष हमालले त्यसका लागि के कस्ता प्रक्रिया अगाडि बढाउने भन्ने बारेमा आफूहरू लागिपरेको जानकारी दिए।
ठूला लगानीकर्ता बजारमा आउँदा त्यसबाट अवसरको समेत विकास हुने र बजारको स्थायीत्वमा समेत महत्वपूर्ण योगदान दिने भएकाले वास्तविक क्षेत्रलाई महत्व दिइएको उनको भनाइ छ । उनले भने“रियल सेक्टरका कम्पनीलाई हामीले सूचीकरणमा ल्याउनुपर्ने छ । हामीसँगै एक हजार २०० बढी ठूला कर तिर्ने कम्पनी छन् । तर एकदमै न्यूनतम रूपमा मात्रै नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । हामीले ती कम्पनीलाई बजारमा भित्र्याउनका लागि बुक विल्डिङको प्रक्रिया पनि अगाडि बढाउनैपर्छ ।”
वास्तविक क्षेत्रका नाफा कमाएका र सबल कम्पनी भए पनि उनीहरूलाई भित्र्याउन नसक्दा बजार विस्तार हुन नसकेकाले त्यसका लागि के कस्ता भूमिका निर्वाह गर्नुपर्ने बोर्ड तयार रहेको अध्यक्ष हमालको कथन छ । उनले शेयर कारोबार भएको दोस्रो दिनसम्म पनि राफसाँफ नगर्ने धितोपत्र दलाल व्यवसायीलाई पनि कानूनी कारवाही हुने बताए। लगानीकर्ताको हितका लागि बोर्डका तर्फबाट हुन सक्ने जति सबै काम गरिने अध्यक्ष हमालले प्रतिवद्धता व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...



प्रतिकृया लेख्नुहोस्: