Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

वैशाख ३० गतेका निर्वाचनमा विगतलाई समीक्षा गरेर मतदान गरौँ : महामन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।

मध्यपुरथिमि–४ बालकुमारीमा आज नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गरे। “म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्न भन्ने सोचाइ पहिलोपटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ”, महामन्त्री शर्माले भने, “जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर मतदान गर्ने बेलामा एकपटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले कांग्रेस सरकार आएपछिको पनि समीक्षा गर्नुस्, मतदान गर्नुस् ।”

पाँच वर्षका लागि चुनाव जितेको नेकपाले सरकार चलाउँदा केपी शर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उहाँले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गरे।

महामन्त्री शर्माले भने, “हुन त ठूलो पार्टीका अध्यक्ष, प्रधानमन्त्री भइसकेका मान्छे, अझै मिडियासँग अन्तर्वार्ता दिँदै हातका औँला हल्लाउँदै ओलीजी भन्नुहुन्छ, ‘एक्लै–एक्लै आऊ, नसके सबै मिलेर आऊ, एमाले भिड्न तयार छ’, यो कस्तो दादागिरी शब्द चयन हो ?” जनताले स्थितर र बलियो सरकार चाहिरहेको बेलामा एमालेलाई फेरि बहुमत दिए पाँच वर्ष सरकार चलाउन सक्छ भन्ने विश्वास अब नभएको उनले बताए ।

नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाइ थियो । “आज पनि बूढानीलकण्ठ गा’को छ, भोलि पनि त्यहीँ गा’को छ, हो न हो पानीमाथि सुतिरहनुभएको बूढानीलकण्ठको दर्शन गर्न जानुभयो होला भनेको त, उहाँहरु त सुतिरहेको बूढानीलकण्ठभन्दा अलि तल बसिरहेको बूढानीलकण्ठमा पो धाएर हजुर सरकार चलाइदिनुपर्‍यो भनेर सरकार बुझाउन पो जानु भएको रहेछ”, महामन्त्री शर्माले भन्नुभयो, “यदि जनताले बहुमत नै दिए पनि बूढानीलकण्ठमा लगेर सरकार बुझाउनुपर्छ भने सिधै कांग्रेसलाई नै रोजे भैगयो नि ।”

उनले एमालेतर्फ लक्षित गर्दै सिंहदरबारमा ढङ्ग नपुग्दा र समृद्धिको भात पकाउन परिपक्वता नहुँदा काँचो बनेको टिप्पणी गर्दै कांग्रेसले कुनै पनि विषयमा राष्ट्रघात नगर्ने बताउनुभयो । एमसिसी राष्ट्रघात हो भन्ने कुरा बेकार हो भन्दै उनले कांग्रेसले कहिल्यै राष्ट्रघात गर्न नसक्ने बताए । कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै उहाँले एमसिसीमा सैन्य रणनीति नरहेको प्रष्ट पारे ।

“बानेश्वरको सडकमा एमसिसी मूर्दावाद भनेर कराउने युवाहरूको दोष छैन, फेसबुकमा नो एमसिसी लेख्नेको दोष छैन, जसले यो एमसिसी पास हुनेबित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे । यो यस्तो हो, उस्तो हो भनेर भ्रम फैलाए, दोष उनीहरूको हो, द्वैध चरित्र देखाउने नेताहरूको हो”, उनले भने, “कमरेड प्रचण्ड र माधव नेपाल अहिले सहमत भए । तर, उहाँहरू नै हो, बालुवाटारमा सहमति गरेर बानेश्वरमा जुलुस लगाउने पनि । उनीहरूले नै पहिले राष्ट्रघाती भनेर भ्रम फैलाए । अहिले उहाँहरू नै यसको पक्षमा छन् ।”

एमाले अध्यक्ष ओली आफैँले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसिसी सम्झौता संसद्मा दर्ता गराएको हो भन्दै उहाँले संसद्मा नाराबाजी गरिरहँदा कुनै पनि दिन एमसिसी मूर्दावाद नभन्नु, एमसिसीका बारेमा बोल्दै नबोल्नु एमालेको पनि एमसिसीमा समर्थन थियो भन्ने पुष्टि हुने भनाइ राखे। 

चुनाव अगाडि एमसिसी राष्ट्रघात हुने र चुनावपछि राष्ट्रहित हुन्छ भन्ने पक्षमा कांग्रेस नरहेको भन्दै महामन्त्री शर्माले भने, “कांग्रेसलाई चुनावपछि मात्रै एमसिसी पास गरौँ भन्ने प्रस्ताव आएकै हो, ए बाबा, अहिले पास गर्दा राष्ट्रघाती हुने, चुनावपछि गर्दा राष्ट्रघाती नहुने यो कस्तो कुरा हो ? राष्ट्रघात हो भने त चुनावअघि गरे पनि पछि गरे पनि राष्ट्रघात नै हो । त्यसैले कांग्रेसले राष्ट्रघात हुने काम गर्दैन ।”

एमसीसी चुनावपछि पास गरौँ भन्नेहरूले बानेश्वरमा उफ्रिरहेका युवाको भोटमात्रै हेरेको, तर कांग्रेसले त्यस्ता युवाको भविष्य पनि हेरेको दाबी गर्दै उनले नेपालमा पनि युक्रेनमा रुसले गरेजस्तै अवस्था आउन सक्छ भनेर गलत प्रचार गरिएको बताए। नेपाल गरिब देश भएकाले सैन्य रणनीतिबाहेक जुनसुकै देशको सहयोग पनि स्वीकारेर देशको विकासमा लगाउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति दूर्लभ थापा, सभापतिका प्रत्यासी युवानेता अष्टकुमार कँवे, मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले चुनावी अभियान सुरु भएको भन्दै आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुने गरी कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...

रवि लामिछानेको भारत भ्रमण जेठ १८ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...

सुशासन र सुधारमा केन्द्रित लुम्बिनीको नयाँ नीति तथा कार्यक्रम

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending