काठमाडौं । अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् ।
शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता धेरै रहेका सो महोत्सवमा सहभागीले जनाएका छन् ।
सो महोत्सवमा चिया र कफीको सहभागिताका लागि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतको कार्यालयले समन्वय गरेको थियो । यस्ता प्रदर्शनीमा सहभागिताले नेपालका पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँच वृद्धि गर्न मद्दत पुग्ने कन्सुलर जनरल विष्णु गौतमले बताए ।
चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ, त्यसका लागि नेपालमा यस व्यवसायमा लागेका व्यवसायीले अर्गानिक उत्पादनमा ध्यान दिन जरुरी रहेको उनले बताए ।
विगत छ वर्षदेखि नेपालमा उत्पादित चियाको अमेरिकामा प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्दै आएका नेपाल टी एलएलसीका संस्थापक निश्चल बाँस्कोटाले महोत्सवमा सहभागिता जनाएर नेपाली चियाको प्रवद्र्धनमा मद्दत पुगेको बताउछन् ।
अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने चिया तथा कफीसम्बन्धी प्रदर्शनीमा समेत सहभागिता जनाउँदै आएका बाँस्कोटाले नेपालको अर्गानिक चियाको राम्रो बजार रहेको र यसमा उपभोक्ताको माग बढ्दै गएको बताउछन् ।
उनले भने, “परिमाणमा अहिले यति नै भन्न नसकिए पनि अमेरिकी बजारमा नेपाली चियाको माग दिनप्रतिदिन बढ्दै गएको छ, हामीसँग नेपाली चिया माग्ने उपभोक्ता पहिलेभन्दा निकै धेरै छन् ।”
उनले नेपालका कृषकले उत्पादन गरेको अर्गानिक चिया अमेरिकी बजारमा सिधै उपभोक्तासम्म पुर्याउनका लागि पहल गरिरहेको बताउँदै विश्वबजारमा चियामा उच्च प्रतिस्पर्धा रहेको तर नेपाली माटोको चियाले अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेकाले उपभोक्तासम्म पुर्याउन सजिलो भएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: