काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिले कानुन निर्माणलगायत जनहितका लागि उत्साह, परिश्रम र मिहिनेतका साथ काम गरिरहेको बताएका छन्।
विधायन व्यवस्थापन समितिको आजको बैठकमा समितिबाट भए गरेका कामको प्रगति र अभ्यासको जानकारी लिएपछि उनले राष्ट्रियसभा मातहतका समितिले घनिभूत र गुणात्मक ढङ्गबाट कानुन निर्माण गरिरहेको उल्लेख गरे।
उनले भने, “दलहरुबीच विवादित भएका कतिपय विषय समितिले सहमतिमा टुङ्ग्याउन सफल भएको छ, यस समितिले छलफल गरी टुङ्ग्याएका कतिपय विषय राजनीतिक दलले चालु अधिवेशनमै प्रस्तुत गर्ने वातावरण बनाइदिएमा निकै राम्रो हुन्थ्यो ।” राष्ट्रियसभाले २०७५ सालमै पारित गरेर पठाएका कतिपय विधेयक प्रतिनिधिसभामा अझैसम्म अड्किरहेको घटना सुनाउँदै उनले अर्को हाउसले समयमा पास गरेन भने त्यसको दोषी को हुने भनी भनी जिज्ञासा राखे।
विधायन समितिका सभापति परशुराम मेघी गुरुङले चार वर्षको अवधिमा समितिको ६७१ भन्दा बढी बैठक बसेर सहमतिका कैयौँ महत्वपूर्ण विधेयक अघि बढाएकोे जानकारी गराए।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रमा रहेको परम्परागत शैलीले कानुन निर्माणमा गुणात्मक परिवर्तन गर्न नसकिएको विचार प्रकट गरे।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले कानुन निर्माणमा तोकिएबमोजिम भन्नेजस्ता प्रावधान हटाउने समितिको अभियानप्रति आफूहरु पूर्णरुपमा सचेत रहेको जानकारी दिए।
अध्यक्ष तिमिल्सिना संसदीय समितिका काम कारबाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुने अभ्यासको थालनी गरेको हो । विधायन व्यवस्थापन समितिमा ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि छलफल जारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: