लमजुङ । पहाडी जिल्ला लमजुङस्थित मध्यनेपाल नगरपालिका–२ तान्द्राङटक्सारका कृष्णबहादुर गुरुङले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । एकचालीस वर्षीय कान्छो छोरा श्रीप्रसाद गुरुङले सनाखत गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय लमजुङबाट उनले नागरिकता प्राप्त गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गुरुङलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेका थिए । नागरिकताका बारेमा ज्ञानको अभाव भएका वृद्धले नागरिकता नबनाएको र अहिले ढिलै भए पनि नागरिकता प्राप्त गरेको उनको भनाइ छ । बेलायती सेनाबाट सेवा निवृत्त गुरुङ विसं १९८२ चैत ५ गते जन्मेका थिए । उनी सन् १९४८ मा कुनै पनि कागजातबिना बेलायती सेनामा भर्ती भएका थिए ।
बेलायती सेनामा भर्ती भएपश्चात् मलेसिया र सिङ्गापुरमा १५ वर्ष सेवा गरी निवृत्त भएपछि आफ्नै घर फर्के । उनी करिब ४० वर्षदेखि घरमै बस्दै आएका छन् । दुई छोरालाई अंश दिने कुरामा समस्या आएपछि बल्ल नागरिकता बनाएको उनले बताए । यतिका वर्षपछि नागरिकता पाउँदा उनी दङ्ग परेका छन् ।
कृष्णबहादुरकी श्रीमती विजयामा गुरुङको नागरिकता भने बनिसकेको थियो । कृष्णबहादुर पति कायम गरी नागरिकता बनेकाले छोराछोरीको नागरिकता पनि बनिसकेको छ । गुरुङकी श्रीमतीको २० वर्षअघि निधन भइसकेको परिवारले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १६:४१
दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...
फाल्गुन १३ गते, २०८२ - १६:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...
फाल्गुन १३ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...
फाल्गुन १३ गते, २०८२ - १६:००
काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेको छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उ...
फाल्गुन १३ गते, २०८२ - १५:५१
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात...
फाल्गुन १३ गते, २०८२ - १५:४३
बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। कनकाई नगरपाल...
फाल्गुन १३ गते, २०८२ - १५:२७
काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका द...
फाल्गुन १३ गते, २०८२ - १५:१८
हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ब...
फाल्गुन १३ गते, २०८२ - १५:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुने बताएका ...
फाल्गुन १३ गते, २०८२ - १४:५५
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल प...



प्रतिकृया लेख्नुहोस्: