काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा हाम्रा अभ्यासलाई लोकतान्त्रिक माध्यमबाट निखार ल्याउँदै सकारात्मक दिशातर्फ लैजानुपर्ने आवश्यकता औँल्याएका छन्।
सभामुख र उपसभामुखको जिम्मेवारी र कुर्सीलाई निष्पक्ष तुल्याउन राजनीतिक दलको सदस्यबाट अलग हुने मान्यता स्थापित गरिएको बताउँदै उनले निष्पक्ष भएर काम गरेको महसुस गर्ने स्थिति भएमा हालका लागि पर्याप्त हुने धारणा व्यक्त गरे ।
राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच आज यहाँ आयोजित अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मका अनुभवले सभा सञ्चालन गर्ने सन्दर्भमा आगामी दिनमा ऐनमा व्यवस्था गर्नसके सहज हुनेछ भने।
उनले भने, “राष्ट्रियसभाको बैठक सुरुआत गर्न उपाध्यक्षलाई आग्रह गरेकामा अरु सदस्यबाट अनेकौँ प्रश्न खडा गरेर आनाकानी भयो, तर उपाध्यक्षबाट बैठक अन्त्य गर्ने अभ्यास भने स्थापित भइसकेको छ ।” आरक्षण र समानुपातिक निर्वाचन प्रणालीबाट टिकट लिन तँछाडमछाड भए पनि प्रतिस्पर्धामा आउन नचाहने प्रवृत्तिले क्षमता कसरी विकास हुन्छ भनी प्रश्न गर्दै अध्यक्ष तिमिल्सिनाले भेग, जात, समुदाय र लैङ्गिक हिसाबले अब कुनै विभेद छैन, सबै सक्षम छौँ भन्नेतर्फ प्रयास र प्रयत्न आवश्यक रहेको बताए।
निष्ठाको राजनीति गर्नेले पदका लागि दल छाड्ने र फेर्ने गर्नै नहुने बताउँदै उनले सबै स्थानीय तह र प्रदेशको असली प्रतिनिधि राष्ट्रियसभाका सदस्य भएकाले सङ्घ र प्रदेशलाई बलियो तुल्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि प्रदेश उपसभामुखले आगामी दिनमा माथिल्लो तहको जिम्मेवारी प्राप्त भएमा कुशलतापूर्वक सम्पादन गर्न सक्षम रहेको दाबी गर्दै हालसम्मका अभ्यासले आत्मबल बढेको प्रतिक्रिया दिए।
प्रदेश सभामुख र उपसभामुख राजनीतिक दलको साधारण सदस्यबाट अलग हुने भनिए पनि मुख्यमन्त्रीको निर्वाचनमा मतदानमा सहभागी भएको घटना सुनाउँदै उनिहरुले मतदानमा सहभागी भएपछि खिन्नता महसुस भएको उल्लेख गरे ।
सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालले भने, “हामी उपसभामुखको जिम्मेवारी छौँ, तर सदन सञ्चालन गर्न र बोल्न पाइन्नँ । उपसभामुख हुँदा पिँजडाको पक्षीजस्तो महसुस भएको छ, पद पाइयो, स्वतन्त्रता पाइएन ।”
कानूनमा अधिकार दिए पनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै उनले हामीलाई सदन चलाउन दिएको भए सभामुखको पद जान्थ्यो र ? भनी प्रश्न गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: