भक्तपुर । भक्तपुर नगरपालिकाको एघारौँ नगरसभा आजदेखि सुरु भएको छ । बैठकमा नगरप्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र सहयोगी भावनाले भक्तपुरको विकास र प्रगति सम्भव भएको बताए ।
विचार र सिद्धान्तमा अडिग रही इमान्दारीपूर्वक जनताको सेवा गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै उनले सभामा सबै सदस्यको सक्रिय सहभागिताका लागि आग्रह गरे। उनले संसदीय निर्वाचनमा तीन प्रतिशत मत प्राप्त नगरेका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनमा दलीय हैसियतबाट चुनाव चिह्न नदिने निर्वाचन आयोगबाट षड्यन्त्र भइरहेकोबारे सभासद्लाई सचेत पार्दै घोषणापत्रअनुसार कार्य नगर्ने सबै राजनीतिक दल पनि खारेज हुनुपर्ने बताए ।
आव २०७८र७९ को बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी गराउँदै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुन:निर्माण, सरसफाइलगायत नगर र नगरवासीको जीवनसँग प्रत्यक्ष जोडिएका विषयका साथै थुप्रै विकास निर्माणका काम सम्पन्न गरिसकेको बताए ।
केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नुपर्नेमा उल्टै स:शर्त र समपूरक बजेटमा वृद्धि गर्नु सङ्घीयता र संविधानको भावनाविपरीत भएको बताउँदै प्रमुख प्रजापतिले स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिई केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप भएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
यसअघि सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले जनसहभागिता, जनश्रमदान, जनताको सहयोगमा जनताको सेवा गर्ने अग्रजको मार्गनिर्देशनअनुसार नेमकिपाका जनप्रतिनिधिले कार्य गर्नुपर्ने बताए।
सांस्कृतिक नगरका नगरवासी परम्परागत र अन्धविश्वास नभई विज्ञान र प्रविधिमैत्रीसमेत हुने भएकाले सोहीअनुसार नगरवासीको सांस्कृतिकस्तर उकास्नुपर्नेमा उनले जोड दिए । सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि स्थानीय तहलाई स्वायत्तता प्रदान गरी विकेन्द्रीकरणको सिद्धान्तलाई लागू गर्नुपर्ने उनले बताए। अनावश्यक सवारीसाधनमा अत्यधिक खर्च गरी पूँजी निर्माण नहुने हुँदा यस्ता क्षेत्रमा मितव्ययिता अपनाई देशको आन्तरिक उत्पादन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिए।
नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले जनताको नि:स्वार्थरुपमा सेवा गर्नु नेमकिपाको परिचय बनिसकेको बताए। उनले जनताको मन जितेर देशको भावना र आवश्यकताबमोजिम नेमकिपाले समाजवादी मर्मअनुसार काम गर्दै आइरहेको दाबी गरे। एमसिसीविना यो देश विकास सम्भव छैन भन्ने दास मानसिकता शासक दलमा रहेको उनले आरोप लगाए ।
नगर उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षामा गरेको प्रगतिबाट ‘ख्वप मोडल’ विकास गर्न सफल भएको बताए । कार्यक्रममा वडा नं ७ का वडाअध्यक्ष उकेश कवाँ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वालगायतले नपाले गरेको असल र सफल कामबारे समीक्षा गर्न नगरसभाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: