काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र थानकोट जेसिजको आयोजनामा ‘दुईदिने नि:शुल्क मास्क वितरण एवम् जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ ।
पछिल्लो समय नेपालमा तीव्र रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्नका लागि ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत नि:शुल्क मास्क वितरण एवम् जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख, प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले पछिल्लो समय मुलुकमा बढ्दै गएको कोरोना सङ्क्रमणबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। कोरोना सङ्क्रमणबाट जोगिनका लागि आम नागरिक आफँै सचेत हुनुपर्ने उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिका–१४ का वडासदस्य विनोद थापाले समाज रुपान्तरणको क्षेत्रमा नेपाल प्रहरी र जेसिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । सोही अवसरमा ‘तपाईंको मास्क खोई रु’ अभियानसमेत सञ्चालन गरिएको थियो ।
प्रहरी र जेसिजले काठमाडौँ महानगरपालिका–१४ अन्तर्गत कालीमाटी कङ्लकी क्षेत्रका स्थानीय व्यवसायी, मास्क नलगाई हिँड्ने पैदलयात्रु, चालक, सहचालक, यात्रु, मजदुर लगायतलाई जनचेतनास्वरुप नि:शुल्क मास्क वितरण गरिएको थानकोट जेसिजका अध्यक्ष रोशन दानीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...
पौष १ गते, २०८२ - १५:०४
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा आज मतदान हुने भएको छ। मतदान नजिकिँदै जाँदा महाधिवेशनस्थलमा चुनावी माहोल थप त...
पौष १ गते, २०८२ - १४:४६
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का ७ पद डेढ महिनादेखि रिक्त रहे पनि अझै बढुवा हुन सकेको छैन। गत कात्तिक ९ गते एसएसपी भुपे...
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...




प्रतिकृया लेख्नुहोस्: