Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

दुई वर्षदेखि बन्द भएको छोटी भन्सार सञ्चालनमा आउन सकेन

खबरडबली संवाददाता
कैलाली । कैलालीको भजनी नगरपालिका वडा नं ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार विगत दुई वर्षदेखि बन्द छ । कोरोनाको सङ्क्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा पनि  सञ्चालनमा आउन सकेको छैन ।
 
छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालयको परिसर पनि निकै नाजुक अवस्थामा पुगिसकेको छ । कार्यालय परिसरमा झारपात उम्रनुका साथै भवन संरक्षणको अभाव देखिएको छ ।  सरकारले भारतसँग सिमा जोडिएका सबै सिमानाका खुला गर्ने निर्णय गरे पनि बन्द भएको उक्त भन्सार सञ्चालनमा नआउँदा त्यहाँबाट सङ्कलन हुँदै आएको राजस्व पनि बन्द भएको छ ।
 
खक्रौलास्थित सत्ती भन्सार कार्यालयको मातहतमा रहेको उक्त छोटी भन्सार बन्द हुँदा त्यस क्षेत्रबाट चोरी तस्करीका घटनासमेत बढ्दै गएका छन् । भन्सार कार्यालय खुला हुँदा कम्तीमा पनि स्थानीयवासीले ल्याउने घरायसी सामानको भन्सार महशुल तिरेर  ल्याउने गरेका थिए  । 
 
भजनी नगरपालिका– ५ का सुरेन्द्र चौधरी भन्सार तथा आसपासका क्षेत्रमा रातिको समयमा निकै हलचल हुने गरेको बताउछन् । “यस क्षेत्रबाट चोरी तस्करीको सामान निकै आयात हुनेगरेको छ । त्यो सत्ती भन्सार कार्यालय, प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई पनि राम्रोसँग थाहा छ”, उनी भन्छन्,  “सबै तस्करसँग मिलेका छन् । कसैले केही बोल्ने कुरै भएन । कहिलेकाहीँ बार्गेनिङ नमिलेपछि मात्रै एक्सन लिने काम हुन्छ  ।” 
 
सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साह कोरोनाका कारण  पहिलो चरणको बन्दाबन्दीका समयमा बन्द भएका देशभरका कुनै पनि छोटी भन्सार सञ्चालनमा आउन नसकेको बताउछन्। भन्सार विभागबाट छोटी भन्सार सञ्चालनमा ल्याउनका लागि अख्तियारी नआएका कारणले पनि छोटी भन्सार सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ। “हामीले चाहेर पनि भन्सार खुला गर्न सक्दैनौ । विभागको अख्तियारी चाहिन्छ । त्यो अख्तियारी अहिलेसम्म आएको छैन”, भन्सार प्रमुख साह भन्छन्, “कुनै पनि छोटी भन्सार सञ्चालनमा आएका छैनन् । अख्तियारी आएपछि हामीलाई भन्सार सञ्चालनमा ल्याउन कुनै कठिनाइ छैन ।”
   
“छोटी भन्सार बन्द भएकै कारण चोरी तस्करीका घटनामा वृद्धि भएको भन्नु गलत हो तर राजस्व सङ्कलन भने बन्द भएको छ । वार्षिक  करिब ४० लाखभन्दा भन्दा बढी राजस्व सङ्कलन छोटीबाट हुँदै आएको देखिन्थ्यो । दुई वर्षदेखि त्यो राजस्व सञ्चालन हुन सकेको छैन”, उनी बताउछन्, “घरायसी सामान ल्याउनेबाट सामान्य भन्सार भए पनि सङ्कलन हुने गरेकामा अहिले त्यसको निगरानी गर्ने कोही छैन । भन्सार बन्द हुँदा  व्यावहारिकरुपमा घरायसी सामान ल्याउन बन्द गर भन्न पनि सकिँदैन ।”
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending