Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण, ठेक्का नै रद्द हुँदै

खबरडबली संवाददाता
काठमाडौं । झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन । सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो । 
 
आकाशे पुल निर्माणको लागि ठाउँ अझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयले पहिले कोटेश्वर चोक नजिकै (तीनकुने जाने सडकतर्फ) पुल बनाउन भने पनि त्यहाँ स्थानीयवासीको विवादका कारण बन्न नसकेको कार्यालयका सूचना अधिकारी सुमित केसीले बताए। पुल निर्माणका लागि कतिपयले सुरुकै ठाउँ ठीक छ त्यही गर्नुपर्छ भनेका छन् भने कतिपय स्थानीयवासीले परिवर्तन गर्नुपर्ने भनिरहेका छन् । 
 
उनले भने, “पहिले भनिएको भन्दा केही तलमाथि भए पनि बनाउन सकिन्छ ।”आकाशे पुल निर्माण गर्दा ठाउँ परिवर्तनको माग गर्दै वडा कार्यालयले माग गरेपछि अहिले त्यो फाइल सडक विभाग पठाइएको कार्यालयले जनाएको छ । स्थान परिवर्तन गर्नु ठीक छ छैन भनी विभागले निर्णय गर्ने सूचना अधिकारी केसीले बताए । स्थानीयस्तरमा सहमति हुने अवस्था नभएमा ठेक्का नै रद्द हुनसक्ने उनले बताए । 
 
कार्यालयले तीन वर्ष पहिले नै नयाँ बानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशे पुल निर्माणका लागि प्रक्रिया अघि बढाएको थियो । नयाँ बानेश्वरमा विभिन्न कारणले केही ढिलाइ भए पनि केही समय पहिले सम्पन्न भएर प्रयोगमा आइसकेको छ । यो ठाउँमा भने अवधि सकिँदासम्म पनि कहाँ बनाउने भन्ने समेत टुङ्गो लाग्न सकेको छैन । 
 
एकातिर भक्तपुर र ललितपुरतर्फ जाने सवारीसाधन र अर्कातिर काठमाडौँ उपत्यका बाहिर जाने नाकाका रुपमा कोटेश्वरमा सवारीसाधन र यात्रुको चाप रहेको छ । वाग्मती प्रदेशका विभिन्न जिल्लासँगै मधेस प्रदेश र प्रदेश १ का धेरै यही बाटो भएर ओहोरदोहोर गर्छन् । छोटो र लामो दूरीका सवारीसाधन रोक्ने स्टेशन हुँदा यहाँ आकाशे पु्ल आवश्यक भएको आवाज वर्षौँदेखि उठिरहेको छ । 
 
चीन सरकारले निर्माण गरेको कलङ्की–कोटेश्वर सडकमा चीन सरकारले नै निर्माण गरेका तीन आकाशे पुलमध्ये एक कोटेश्वर चोक नजिकै छ । कोटेश्वरबाट बालकुमारीतर्फ आकाशे पुल छ भने कोटेश्वरबाट तीनकुनेतर्फ यात्रु सडकबाटै वारपार गर्दा यहाँ जाम अझै बढिरहेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending