काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२.९० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा पनि सुधार आएको छ । कूल २२३ कम्पनीको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चारको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । व्यापार १६.३, होटल तथा पर्यटन २.६५, उत्पादन १३.०८ र जीवन बीमा १५.६१ ले घटेको छ । यस्तै, बैंकिङ ५.३, विकास बैंक ८१.३९, जलविद्युत् १०९.९४, वित्त ३७.११, निर्जीवन बीमा ९१.८६, अन्य १, लघुवित्त ४९.६६, सामूहिक लगानी कोष ०.२४ र लगानी ०.११ अङ्कले उकालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ८६ अर्ब दुई लाख १० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३९ करोड एक लाख ४१ हजार ७०१ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर रु ३७ करोड १४ लाख ४५ हजार ५६६, अपि पावर कम्पनी रु ३५ करोड सात लाख ९५ हजार ७७९, माथिल्लो तामाकोशी रु ३४ करोड २७ हजार २१९ र एचआइडीसीएल रु ३० करोड चार लाख ८४ हजार ३९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
यस्तै, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेशनल हाइड्रोपावर ७.५०, फरवार्ड माइक्रो फाइनान्स ७.२५ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ५.९५ प्रतिशतले कमाएको नेप्सेले जनाएको छ । यस्तै, नेरुडे लघुवित्त ३.१७, मेरो माइक्रो फाइनान्स २.२८, सिभिल लघुवित्त २.१२, अजोड इन्स्योरेन्स २.०४ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: