Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

कोभिडको समयमा पनि नेपालको निर्यातमा उल्लेख्य वृद्धि

खबरडबली संवाददाता

काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपालले कोभिड–१९ को समयमा पनि नेपालको निर्यात क्षेत्रमा उल्लेख्य वृद्धि भएको जनाएको छ । महासङ्घको दोस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले आर्थिक वर्ष २०७७र७८ को प्रथम ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा निर्यात क्षेत्रमा वृद्धि भएको बताए ।

चालु आवको प्रथम ६ महिनाको अवधिमा नेपालको कूल निकासी ९५।५ प्रतिशतले वृद्धि भई रु एक खर्ब १८ अर्ब ८५ करोड तथा कूल पैठारी ५१.१ प्रतिशतले वृद्धि भई रु ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको अध्यक्ष गुरुङले बताउनुभयो । “नेपालको निर्यातमा ५७.८ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेल भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा बढोत्तरी देखिएको छ”, उनले भने ।

अध्यक्ष गुरुङले महासङ्घले उच्च हिमाली तथा पहाडी क्षेत्रका २२ जिल्लाका ३३ स्थानीय तहमा ऊन मिसन कार्यक्रममार्फत भेडा र च्याङ्ग्रापालनका लागि प्रोत्साहन कार्यक्रम तथा गण्डकी र कर्णाली प्रदेशमा हिमाली जिल्लामा ऊन प्रशोधन कारखाना स्थापना गर्ने बताए ।

यस्तै काठमाडौँ उपत्यकाभित्र नेपाल सरकार र महासङ्घको साझेदारीमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गर्ने, अघिल्लो वर्षको भन्दा थप परिणाम र मूल्यको वस्तु निर्यात गर्ने निर्यातकर्तालाई थप अनुदान दिने व्यवस्था गर्ने महासङ्घले जनाएको छ ।

च्याङ्ग्रा, पस्मिना, फेल्ट, नेपाल हब्र्स, नेपाली चिया, हिमालय नेपाली कार्पेट, कफिलगायतका सामूहिक ट्रेडमार्कको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने अध्यक्ष गुरुङको भनाइ छ । आव २०७७/७८ को आयमा वार्षिक रु २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, रु २० लाखदेखि ५० लाखसम्म आय भएकालाई ७५ प्रतिशत, ५० लाखदेखि रु एक करोडसम्म आय भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने महासङ्घले जनाएको छ ।

यसैगरी स्वदेशमा उत्पादन गरेको कच्चापदार्थ तथा सहायक कच्चापदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा १० प्रतिशत मात्र कर लाग्ने महासङ्घले जनाएको छ । नेपाली निर्यातजन्य वस्तुको उत्पादनका लागि महासङ्घले सम्बन्धित निकायसँग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष गुरुङले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

रास्वपाका सदस्य हिन्दूवादी अभियन्ता पनि हुन सक्छन् : सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...

सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, सीमा क्षेत्रमा तनाव

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...

पर्वतारोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...

कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, आन्तरिक विवादबीच रणनीतिक छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...

लघुवित्त पीडितको ‘राजधानी मार्च’, वित्तीय शोषण अन्त्य गर्न सरकारसँग माग

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending