Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

खबरडबली संवाददाता

काठमाडौं । अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरस्थित एक होटलमा आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा  नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्पmबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । बङ्गलादेशको आइएफआइसी बैंकको ४१ प्रतिशत बराबरको शेयर स्वामित्वका विषयमा लामो समयदेखि कुरा मिल्न सकेको थिएन । सो बैंकको शेयर अब उद्योगपति विनोद चौधरीको परिवारले खरिद गर्ने भएको छ ।

समझदारीसम्बन्धी जानकारी शुक्रबार नेपाल राष्ट्र बैंकलाई गराउने तयारी गरिएको छ । बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्ने केन्द्रीय बैंकको नीतिलाई कार्यान्वयन गर्दै नबिलले नेपाल बङ्गलादेश बैंक प्राप्ति गर्न लागेको हो । यसअघि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई प्राप्ति गरेको थियो ।

वित्तीय स्थिरताका लागि बैंक तथा वित्तीय संस्थाका सङ्ख्या कम गर्ने नीति केन्द्रीय बैंकले लगातार अगाडि बढाइरहेको छ । सोही नीतिअनुसार प्राप्ति गर्नेलाई विशेष सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ । पूर्वगभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा ग्लोबल र जनता बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार गरेको थियो ।

प्राप्त जानकारीअनुसार दुई बैंक एकआपसमा गाभिएपछि बैंकको कुल चुक्ता पुँजी रु २२ अर्ब ८३ करोड बराबर पुग्नेछ । हाल नबिल बैंकको चुक्ता पुँजी रु १३ अर्ब ८४ करोड रहेको छ भने नेपाल बङ्गलादेश बैंकको रु नौ अर्ब चार करोड छ ।

गत आवको नाफाबाट नबिलले ३३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस आधारमा लाभांशपछि बैंकको चुक्ता पुँजी रु २२ अर्ब ८३ करोड पुग्नेछ । प्राप्तिपछि नबिल बैंकको निक्षेप रु तीन खर्ब नौ अर्ब बराबर पुग्नेछ भने कर्जा रु दुई खर्ब ८८ अर्ब पुग्नेछ । हाल नबिल बैंकको शाखा १३५ वटा छन् भने एटिमएम १८५ वटा छन् ।

यस्तै नेपाल बङ्गलादेश बैंकको शाखा ९९ वटा र एटिएम ८१ वटा छन् । नबिलले प्राप्ति गरेपछि बैंकको नाम नबिल बैंक नै रहनेछ । कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ । यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको प्रक्रिया धेरै अगाडि बढिसकेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दर्जनभन्दा बढी बैंकले ब्याजदर घटाए, कसको कति ?

काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...

एमाले महाधिवेशनमा सहभागीलाई ब्रेड–फलफूलदेखि मासु–भातसम्मको व्यवस्था

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल

पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...

सुनको भाउ २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...

व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने कर्मचारीसहित दुई पक्राउ

काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...

कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान

सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...

सिड्नी गोलीकाण्ड अपडेट: मृतकको सङ्ख्या १६ पुग्यो

काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...

एमाले ११औँ महाधिवेशन: सुनिता डङ्गोलदेखि सुहाङ नेम्वाङसम्म केन्द्रीय सदस्यमा इन्ट्री

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...

बाँकेमा शितलहरबाट ३५ हजार बढी परिवार प्रभावित हुने पुर्वानुमान

नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending