काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा आज आयोजित सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरी राजपत्रमा प्रकाशन गरी पूर्णरूपमा कार्यान्वयन गर्ने जानकारी दिए ।
सम्बन्धित मन्त्रालय, सरोकार राख्ने सङ्घ÷संस्था र विज्ञसँगको पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने उनको भनाइ छ । मन्त्री खाँणले भने, “सुनचाँदीको नेपालमै उत्खनन गर्न सक्ने सम्भावना छ, अब नेपालमै उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्छ ।”
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मानिकरत्न शाक्यले नेपालमा दैनिक २० केजी मात्रै सुन आयात हुने तर माग ३० केजीभन्दा बढी हुने भएका कारण माग पूर्ति गर्न समस्या भएको बताए । नेपालको जनसङ्ख्या र बढ्दो सहरीकरण, अर्थतन्त्रको विकासका कारणले पनि दैनिक २० केजी सुनको आयातले माग पूरा गर्न नसकिने उनको तर्क छ । उहाँले सुनचाँदीलाई चल सम्पत्तिका रूपमा मान्यता दिनुपर्ने, व्यवसायीको सुरक्षा सुनिश्चित गर्नुपर्ने, खरिद बिक्री मापदण्ड बनाउनुपर्ने, ओसारपसार तथा तस्करीमा कडाइ गर्नुपर्ने र ज्याला तथा जर्ती बढाउनुपर्ने माग गरे। उनले सुनचाँदी व्यवसायमा देखिएका समग्र समस्याको दीर्घकालीन समाधानको निम्ति ऐन बनाएर कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए।
सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले विदेशमा बस्ने नेपालीले नेपालमा बनेको नेपाली सुनका गहना लगाउन माग गरेका हुन्छन्, तर हामीसँग विदेशमा पु¥याउने सुन छैन भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८१ - १७:१४
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्ड...
बैशाख १४ गते, २०८१ - १७:००
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्...
बैशाख १४ गते, २०८१ - १६:३६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार ...
बैशाख १४ गते, २०८१ - १६:३०
काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड...
बैशाख १४ गते, २०८१ - १६:१४
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर ग...
बैशाख १४ गते, २०८१ - १५:४७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद...
बैशाख १४ गते, २०८१ - १५:३९
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्र...
बैशाख १४ गते, २०८१ - १५:३४
ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बत...
बैशाख १४ गते, २०८१ - १४:४८
काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम(२ को प्रतिनिधिसभा ...
बैशाख १४ गते, २०८१ - १४:३७
काठमाडौँ । सरकारले यही वैशाख १६ गते आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, ...
प्रतिकृया लेख्नुहोस्: