Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भारतमा कोरोना बढेपछि घर फर्कनेको लर्को, दोहोरो आवतजावतले झनै जोखिम

सिडिओ भन्छन् : स्थानीय समुदाय र स्थानीय तहले अग्रसरता लिनुपर्छ

खबरडबली संवाददाता

महोत्तरी । रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ ।

दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।

जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् । 

‘ऊ त्यो हेर्नोस् भारतको सीतामढी जिल्लामा पर्ने गोरहारी गाउँ हो, माझमा दशगजा छ, पारि उनीहरू (भारतीय) छन्, वारि हामी (नेपाली) छौँ”, ठ्याक्कै सीमासँग जोडिएको मनराशिवा नगरपालिकाको इटहर्वाकट्टी बस्तीका ललनकुमार सिन्हा भन्छन्, ‘सराबरी आउने जाने क्रम छ, यस क्रममा मिसिएर कस्ताकस्ता मान्छे आउँछन् हाम्रो प्रशासनले लेखा राख्न सकेजस्तो लाग्दैन ।’

सीमा क्षेत्रका गुजुमुज्ज बस्तीपिच्छे  दुवैतर्फका आउजाउका कच्ची सडक र गोरेटो बाटो जताततै छन् । सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती हलखोरीका पवीन्द्र राय बताउँछन्। 

मटिहानी, भिठ्ठामोर र सम्सीनाका दुवैतर्फ बस यातायात सञ्चालन रहेका ठाउँ भए पनि नेपालतर्फ प्रवेश गर्नेलाई व्यवस्थित जाँचको प्रबन्ध नहुँदा जिल्लाका गाउँ–नगर बस्तीमा कोरोना सङ्क्रमण सन्त्रास बढेको छ ।

‘परार (२०७६ को अन्त्यतिर) पनि भारतबाट यता पस्ने हुरुरु बढेपछि सङ्क्रमण ह्वात्तै बढेको थियो’, सम्सीका सामाजिक कार्यकर्ता मोहम्मद इम्तियाज सम्झन्छन्, ‘सङ्कटका बेला आफ्नो घर फर्कनेलाई रोक्ने कुरा त होइन, तर व्यवस्थित जाँचको चाँजो त मिलाउनै पर्ने हो ।’ 

जिल्लाभित्र नेपाल प्रवेशका नाकामा व्यवस्थित स्वास्थ्य डेस्क सञ्चालन नगरिँदा अब सङ्क्रमणको डरलाग्दो अवस्था बन्नसक्ने इम्तियाजको चिन्ता छ । अहिले भिठ्ठामोर नाकाबाहेक नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचको प्रबन्ध अन्य कुनै ठाउँमा छैन ।

भारतमा सङ्क्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने बढ्दै जानु र यहाँका नाकामा भिठ्ठामोरबाहेक अन्त कतै स्वास्थ्य हेल्पडेस्क सञ्चालन हुन नसकेको अवस्थाले सङ्क्रमण बढ्न सक्ने अहिले सन्त्रास बढेको हो । नेपाल प्रवेश गर्नेलाई लक्ष्य गरी भिठ्ठामोरमा स्वास्थ्य हेल्पडेस्क सञ्चालनमा रहेको र सघन आवतजावतको नाका भएको हुँदा स्वास्थ्य र सुरक्षा जनशक्ति बढाइँदै लगिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताउँछन्। 

‘खुला सीमा भएको हुँदा जताततैबाट दोहोरो आवतजावत हुने रहेछ, यसलाई व्यवस्थित गर्न स्थानीय समुदाय र स्थानीय तहले अग्रसरता लिनुपर्छ”, प्रजिअ दाहाल भन्छन्,‘हामीले सीमा क्षेत्रका सबै स्थानीय तहलाई यसका लागि आग्रह गरेका छौँं ।’ भिठ्ठामोरचाहिँ टाढाबाट आउने सार्वजनिक साधनको मुख्य गन्तव्य भएको हुँदा यसलाई व्यवस्थित गरिएको प्रजिअ दाहालको भनाइ छ ।

नेपाल–भारत सीमा क्षेत्रका दुवैतिर साप्ताहिक हटिया (बजार) लाग्ने र यस्ता हटियामा दुवैतर्फ दैनिक घरायसी प्रयोजनका वस्तु किन्न दोहोरो आवतजावत हुने पुरानो कुरा हो । जिल्लामा मात्रै सीमासँग जोडिएका छवटा स्थानीय तहका ६० को हाराहारीका बस्ती छन् । भारततर्फ पनि त्यत्तिकै सङ्ख्याका बस्ती भएपछि खुला सीमामा सबै ठाउँ दोहोरो आवागमनको अनुगमन हुन व्यावहारिकरूपमै अप्ठ्यारो रहेको छ । 

यद्यपि सघन आवतजावतका मटिहानी, भिठ्ठामोर वरिपरि र सम्सीका सीमासँग जोडिएका बाटामा सुरक्षा र स्वास्थ्य जनशक्ति विन्यास गर्नैपर्ने आवश्यकता देखिँदो छ । यी ठाउँमा स्वास्थ्य हेल्पडेस्क स्थापना र सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा संयन्त्रबीच समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: