Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

महाविधेशन प्रतिनिधिको टिप्पणी : अध्यक्ष प्रचण्डकोे प्रतिवेदन युग सुहाउँदो छ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेनशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन आजको युग सुहाउँदो रहेको प्रतिनिधिहरूले टिप्पणी गरेका छन् । अध्यक्ष प्रचण्डले आज अढाई घण्टा लगाएर विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
 
उहाँको प्रतिवेदन करिब २०० पृष्ठको  छ । प्रतिवेदनले देश विदेशको वर्तमान अवस्था र अबको कार्यनीतिबारे स्पष्ट बोलेको प्रतिनिधिले जानकारी दिए । केही छिटपुट कुराहरू बन्दसत्रमा छलफल गरेर टुङ्ग्याउन सकिने भए पनि कतिपय कुराहरू छुटेको भए समूहगत छलफलमा थपिने पनि उहाँहरूको भनाइ छ ।
 
धरानका प्रतिनिधि राजेन्द्रकुमार राई किराँतीले विगतमा समाज बदल्ने गरी जुन ढङ्गले माओवादी अघि बढेको थियो तर अहिले अन्य दल जस्तै बन्न गएको उल्लेख गर्दै प्रतिवेदनले त्यसले छुट्टै कार्यदिशासहित अघि बढ्नुपर्छ र त्यो लक्ष्य पूरा गर्नुपर्छ भन्ने कुरामा जोड दिएको बताए ।

प्रतिनिधिका अनुसार राजनीतिक प्रतिवेदनले मुलुकमा विचार शुन्यता भइरहेको तथा विचार र नीति निर्माणको तहमा प्रशस्त बहस नभइरहेको सन्दर्भमा त्यसलाई सम्बोधन गर्न खाजिएको छ । पार्टीको विगत र वर्तमानको समीक्षा एउटा घटनाक्रम मात्रै हो, अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी बीचमा एकताका लागि अझै तयार भएको कुरा स्पष्टसँग उल्लेख गर्नुभएको उहाँहरूको भनाइ छ ।

बाराबाट सहभागी मुकेश शाहले मोटामोटी प्रतिवेदन ठिक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले स्थानीय तहलाई बलियो बनाउने र उत्पादनमा जोड दिने कुरा आउनु सकारात्मक भएको बताउनुभयो । हरेक पालिकामा ५० जनाको समूह बनाएर जनतालाई जोडेर उद्योग खोल्नुपर्छ भन्ने योजना आधुनिक रहेको उहाँको भनाइ थियो ।

प्रतिवेदनबारे धेरै महत्वपूर्ण विषयहरू आधुनिक दृष्टिकोणबाट जोडेर आएको उल्लेख गर्दै इन्द्रराज भट्टराईले श्रम शक्ति जसरी विदेशिएको छ, त्यसलाई कसरी नेपालको विकासका निम्ति प्रयोग गर्ने भन्ने कुरा भने नसमेटिएको बताउनुभयो । उहाँका अनुसार बौद्धिकताको सवालमा पनि प्रतिवेदन बोलेको छैन । “प्रतिवेदनमा आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिएको छ, तर अहिलेको खुला समाजको अवधारणामा हामी आत्मनिर्भर हुन सक्छौँ त ? आत्मनिर्भर अर्थतन्त्रमा जाने की अन्तरनिर्भर अर्थतन्त्रमा जाने भन्ने प्रश्न छ, यसमा समूहगत छलफलमा मेरो भनाइ रहनेछ”, भट्टराईले भने । उनका अनुसार समूह बनाएर लगानी गर्ने विषय छ । ५० जनाको समूह बनाएर स्थानीय तहमा ५ महिना भित्रमा गर्नुपर्छ भन्ने छ । त्यसमा पार्टीले नै गर्ने भनेर राख्नुपर्नेमा भट्टराईको सुझाव छ ।

“प्रतिवेदनमा नेताहरू जनतासँग जोडिने विषय, नेताका आचरण लवाइखवाइ र बसाइ तथा सांस्कृतिक मुद्दामा कमजोरी रहेको स्वीकार गरिएको छ । अध्यक्ष प्रचण्डले भन्नुभएको छ –हामीले कमजोरी ग¥यौँ, त्यसमा पहिलो दोषी म नै हो, म आत्मालोचित गर्छु भन”, एक प्रतिेका छन् । निधिले भने, “त्यसमा अब के गर्ने भन्ने कुरा भने आएको छैन ।” उहाँका अनुसार पार्टीबाट शिक्षा र स्वास्थ्यमा हेर्ने दृष्टीकोणमा राज्य नियन्त्रित हुनुपर्छ भनी प्रतिवेदनमा समावेश भए पनि हाम्रो योजना केके हो भनेर खुलाइएको छैन । प्रतिवेदनले माओवादीको कमजोर कार्यशैलीका कारण समस्या भएको औँल्याइएको छ ।

“पार्टीका गतिविधि जसरी अगाडि बढाउनुपर्ने हो जान सकेनौँ, शान्ति प्रक्रियामा आएपछि शान्ति सविधान र विद्रोहको कुरा भयो, त्यसलाई प्रष्ट्याउन नसक्दा पार्टी फुटेको कुरा महसुस गरिएको छ, अब जे हो त्यही भनेर जानुपर्छ भन्नेसम्म प्रतिवेदनमा छ, तर त्यो के हो भन्ने कुरा भने छैन”, ती प्रतिनिधिले भने । अर्का प्रतिनिधिका अनुसार वैचारिक हिसाबले बलियो हुँदा पनि कार्यशैलीका हिसाबले कमजोरी भएको कुरा प्रतिवेदनमा स्वीकार गरिएको छ । चितवनकी प्रतिनिधि सङ्गिता भट्टराइले पार्टी एकतामा गल्ती थिएन भन्ने कुरा स्पष्ट रुपमा आएको र अब जनसम्बधलाई थप मजबुद बनाउने कुरामा जोड दिएको बताए । उनका अनुसार प्रतिवदनले आत्मनिर्भरतामा विशेष जोड दिएको छ । 

छ महिना भित्रमा हरेक पालिकास्तरबाट उत्पादनसँग जोड्ने कुरा गर्नु सकारात्मक भएको प्रतिनिधिहरूको बुझाइ छ । प्रतिवेदनमा पद र प्रतिष्ठानका लागि कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउने काम भएको उल्लेख छ । उहाँहरुका अनुसार पार्टी एकता गर्नु गल्ती थिएन तर पार्टी एकतालाई भङ्ग गर्नमा व्यक्तिवादी प्रवृत्ति हावी भएको कुरा स्पष्ट रूपमा प्रतिवेदनले बोलेको छ ।
 
“अध्यक्ष प्रचण्डले विश्व दृष्टिकोणलाई अघि बढाउनु भएको छ, भुमण्डिलीकरण, उदारवाद र वित्तीय पुँजिवादको कुरालाई जोडतोडका साथ उल्लेख गर्नभएको छ”, अर्का एक प्रतिनिधिले त्यसबारे भने, “पैसाले पैसाको कब्जा गर्ने वित्तीय पूँजिवादमा संसार पुगेको कुरा आएको छ ।” उनका अनुसार उत्पादन सम्बन्ध र वर्गीय अन्तरविरोधको कुरा जोडदारको रुममा आएको छ, हिजो उठाएका वर्गीय कुरामा अब फेरि फर्किएर त्यहीँ पुग्ने हुरा होइन परिवर्तित समयानुसार अघि बढ्ने कुरा प्रतिवेदनमा औँल्याएको छ । राष्ट्रिय अर्थतन्त्रलाई कसरी बलियो बनाउने भन्ने कुरामा विशेष जोड छ । ताप्लेजुङबाट आएका प्रतिनिधि लक्ष्मीप्रसाद लिम्बु अहिलेको नेपाली समाज सुहाउँदो प्रतिवेदन आएको बताउछनु् । संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख यात्रामा जाने कुरालाई सम्बोधन गर्ने गरी प्रतिवेदन आएको उनले वताए ।

कैलाली सावित्री आचार्यले महिला सहभागिता ४० प्रतिशत गराउने भन्ने प्रतिवेदनमा उल्लेख रहेको सुनाए । पार्टीले युवा, महिलालाई समेत समेटेको र प्रतिवेदनले पनि सम्बोधन गर्न खोजेको र सबै भूगोललाई समेटेर सान्दर्भिक  प्रतिवेदन आएको उहाँको प्रतिक्रिया छ । आचार्यका अनुसार हामीबाट केही कमजोरी भएको स्वीकार गर्दै अराजगता पक्षधर पनि छन् भन्ने कुरा उल्लेख छ तथा अब पूर्व माओवादी एक हुने सम्भावनाको ढोका पनि खुला गरिएको प्रतिवेदनले बोलेको छ ।

मुलत कम्युनिष्ट आन्दोलन भित्र धेरै खाले प्रश्न छ दुई तिहाई बहुमत प्राप्त गरेर सरकार राम्ररी चलाउन सकेन भन्ने कुरा आइरहेको सन्दर्भमा त्यसको अधिकांश प्रतिशत नेकपा ९एमाले०ले लिने कुरा भए पनि केही प्रतिशत माओवादीले पनि जवाफ दिनुपर्ने सर्लाहीका जिपी मैनालीको राय छ । ‘लेप्ट मुभमेन्ट’लाई एकीकृत गरेर जाने कुरामा प्रतिवेदनले जोड दिएको उल्लेख गर्दै मैनालीले भने, “त्यसमा माओवादी कमजोर छ भन्ने हल्ला चलाइरहेको बेला अध्यक्ष प्रचण्डले विगत २६ वर्षदेखि मुलुक जसको एजेण्डामा हिँड्यो कसरी कमजोर हुन्छ भनेर उल्लेख गर्नुभएको छ, यसरी आएको प्रतिवेदनप्रति हामी आशावादी छौँ ।”

इटहरीका प्रतिनिधि शिवकुमार डाँगीले अन्तर्राष्ट्रिय परिस्थिति र त्यसको विष्लेषण तथा राष्ट्रिय परिस्थिति र त्यसको विष्लेण गर्दै माओवादीले अहिलेसम्म गरेको कार्यका समीक्षा र आगामी कार्ययोजनाबारे स्पष्ट रूपमा उल्लेख भएको बताउनुभयो । उहाँले सिद्धान्ततः सन्तोष जनक भए पनि मुल कुरा गरेर देखाउन नेतृत्वलाई सुझाव दिए। प्रतिवेदनले भन्ने तर नेताहरू काम नगर्ने हुँदा पार्टीमा समस्या रहेको उहाँ बताउछन् । उक्त प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending