Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नारायणकाजी श्रेष्ठका दृष्टिमा माओवादीका यी पाँच समस्या

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धिका साथै जनताको परिवर्तनको आवश्यकता पूरा गर्न अझै पनि मुलुकमा माओवादीको आवश्यकता रहेको बताएका छन् । पार्टीको आठौँ राष्ट्रिय महाधिवशेनलाई सम्बोधन गर्दै उनले मुलुकका विभिन्न पाँच समस्या समाधान गर्न माओवादी बलियो हुनुपर्ने बताए ।
 
उनले उत्पीडित जाति, लिङ्ग, वर्ग, समुदाय र जनताको परिवर्तनका साथै नेपाली कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलनको आवश्यकतालाई सम्बोधन गर्ने गरी माओवादी प्रस्तुत हुने बताए । राष्ट्रिय आवश्यता पूरा गर्न गम्भीर कमिकमजोरी रहेको उल्लेख गर्दै उनले गम्भीर आत्समीक्षा हुनुपर्ने बताए।
 
सार्वभौमिकता, स्वाधिनता, स्वाभिमान र हितको रक्षा गर्नु, वैदेशिक हस्तक्षेप हुन नदिनका लागि आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने पहिलो कार्यभार भएको बताए । माओवादीले राष्ट्रियताको सन्दर्भमा कोही कसैसँग कहिल्यै नझुक्ने सङ्कल्प गरेको उल्लेख गर्दै नेता श्रेष्ठले अन्य दललाई पनि यही मुद्दामा एकतबद्ध हुन अपिल गर्नुभयो ।
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख समाजवादी लोकतन्त्र, संविधानको रक्षा, संस्थागत सुदृढीकरण र व्यवहारमा कार्यान्वयनमा जानुपर्ने बताउँदै उनले आवश्यकताअनुसार संविधान संशोधन एवं परिस्थितिले माग गरेअनुसार लोकतन्त्रलाई परिमार्जन गर्दै जानुपर्ने बताए । लोकतन्त्रलाई सामाजिक आर्थिक रुपमा जोड्दै शिक्षा, स्वास्थ्य रोजागरीलगायत आधारभूत आवश्यकता पूरा गरेर जनतालाई नयाँ जीनव दिँदै सवाजवादको नयाँ अधार तयार गर्नुपर्ने बताउनुभयो । संविधानले समाजवादउन्मुख राज्य र अर्थ व्यवस्थाको परिकल्पना गरेको भन्दै उनले त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताए।
 
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने आवश्यतामा जोड दिँदै उनले सेना समायोजन र संविधान निर्माण सम्पन्न भए पनि सत्यनिरुपण र बेपत्ता छानबिनको काम गर्न बाँकी रहेको र यी काम बाँकी राख्दासम्म शान्ति प्रक्रियाले पूर्णता नपाउने बताए । “नेपाली जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा भएको छैन, समृद्धिको प्रतिफल आम दुःखी गरिबलाई दिने काम बाँकी छ । गल्ती कमजोरीलाई सच्याउँदै अगाडि जानुपर्छ”, उनले भने ।
 
माओवादीका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले वामपन्थी शक्तिहरु एक हुनुपर्नेमा जोड दिँदै समाजवादी क्रान्ति सम्पन्न गर्न नेतृत्वले चिन्तन, सोच र व्यवहार बदल्नुपर्ने बताए। माओवादी जनयुद्धले विकास गरेको विकास गरेको ‘प्रचण्ड पथ’ लाई छाडेर नेपाली जनवादी क्रान्ति रनभुल्लमा परेको उल्लेख गर्दै उनले प्रचण्ड पथलाई छाड्नु गम्भीर गल्ती भएको बताए ।
 
नेपाली जनताको परिवर्तनका ठूल्ठूलो क्रान्ति गरेको गौरवशाली इतिहास बोकेको पार्टीको नेतृत्वबाट अध्यक्ष दाहालले पछि हट्न नहुनेमा जोड दिँदै उनले अध्यक्ष दाहालले पार्टीको जिम्मेवारी छोड्छु भन्न नमिल्ने बताए। “स्थापित नेतृत्वलाई हटाएर अर्को नेता बनाउने पूँजीवादी चिन्तन हो”, उनले भने, “क्रान्तिको नेतृत्व न उमेरले गर्न सक्छ, न अनुहारले गर्न सक्छ, क्रान्तिलाई बीच बाटोमा छाडेर कोही नेता गएको छ र रु अध्यक्षले छोड्छु भनेर धर पाउनुहुँदैन ।”
 
नेपाली जनताको आवश्यकता पूरा गर्न समाजवादी क्रान्तिको अपरिहार्यता रहेको महसुस गर्दै नेकपा (एमाले)सँग पार्टी एकता गरिएको भए पनि एमाले अध्यक्षले पदको मात्र कुरा गर्दा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी अप्ठ्यारोमा परेको बताए । भावनाले पार्टी एकता नहुँदै भन्दै उनले क्रान्तिकारी नेतृत्व, विचार र विधि चाहिने बताए । क्रन्तिकारी विचार निर्माणका लािग पार्टी बहसमा होमिएको उल्लेख गर्दै उनले महाधिवशेनले क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending