Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

नारायणकाजी श्रेष्ठका दृष्टिमा माओवादीका यी पाँच समस्या

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धिका साथै जनताको परिवर्तनको आवश्यकता पूरा गर्न अझै पनि मुलुकमा माओवादीको आवश्यकता रहेको बताएका छन् । पार्टीको आठौँ राष्ट्रिय महाधिवशेनलाई सम्बोधन गर्दै उनले मुलुकका विभिन्न पाँच समस्या समाधान गर्न माओवादी बलियो हुनुपर्ने बताए ।
 
उनले उत्पीडित जाति, लिङ्ग, वर्ग, समुदाय र जनताको परिवर्तनका साथै नेपाली कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलनको आवश्यकतालाई सम्बोधन गर्ने गरी माओवादी प्रस्तुत हुने बताए । राष्ट्रिय आवश्यता पूरा गर्न गम्भीर कमिकमजोरी रहेको उल्लेख गर्दै उनले गम्भीर आत्समीक्षा हुनुपर्ने बताए।
 
सार्वभौमिकता, स्वाधिनता, स्वाभिमान र हितको रक्षा गर्नु, वैदेशिक हस्तक्षेप हुन नदिनका लागि आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने पहिलो कार्यभार भएको बताए । माओवादीले राष्ट्रियताको सन्दर्भमा कोही कसैसँग कहिल्यै नझुक्ने सङ्कल्प गरेको उल्लेख गर्दै नेता श्रेष्ठले अन्य दललाई पनि यही मुद्दामा एकतबद्ध हुन अपिल गर्नुभयो ।
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख समाजवादी लोकतन्त्र, संविधानको रक्षा, संस्थागत सुदृढीकरण र व्यवहारमा कार्यान्वयनमा जानुपर्ने बताउँदै उनले आवश्यकताअनुसार संविधान संशोधन एवं परिस्थितिले माग गरेअनुसार लोकतन्त्रलाई परिमार्जन गर्दै जानुपर्ने बताए । लोकतन्त्रलाई सामाजिक आर्थिक रुपमा जोड्दै शिक्षा, स्वास्थ्य रोजागरीलगायत आधारभूत आवश्यकता पूरा गरेर जनतालाई नयाँ जीनव दिँदै सवाजवादको नयाँ अधार तयार गर्नुपर्ने बताउनुभयो । संविधानले समाजवादउन्मुख राज्य र अर्थ व्यवस्थाको परिकल्पना गरेको भन्दै उनले त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताए।
 
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने आवश्यतामा जोड दिँदै उनले सेना समायोजन र संविधान निर्माण सम्पन्न भए पनि सत्यनिरुपण र बेपत्ता छानबिनको काम गर्न बाँकी रहेको र यी काम बाँकी राख्दासम्म शान्ति प्रक्रियाले पूर्णता नपाउने बताए । “नेपाली जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा भएको छैन, समृद्धिको प्रतिफल आम दुःखी गरिबलाई दिने काम बाँकी छ । गल्ती कमजोरीलाई सच्याउँदै अगाडि जानुपर्छ”, उनले भने ।
 
माओवादीका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले वामपन्थी शक्तिहरु एक हुनुपर्नेमा जोड दिँदै समाजवादी क्रान्ति सम्पन्न गर्न नेतृत्वले चिन्तन, सोच र व्यवहार बदल्नुपर्ने बताए। माओवादी जनयुद्धले विकास गरेको विकास गरेको ‘प्रचण्ड पथ’ लाई छाडेर नेपाली जनवादी क्रान्ति रनभुल्लमा परेको उल्लेख गर्दै उनले प्रचण्ड पथलाई छाड्नु गम्भीर गल्ती भएको बताए ।
 
नेपाली जनताको परिवर्तनका ठूल्ठूलो क्रान्ति गरेको गौरवशाली इतिहास बोकेको पार्टीको नेतृत्वबाट अध्यक्ष दाहालले पछि हट्न नहुनेमा जोड दिँदै उनले अध्यक्ष दाहालले पार्टीको जिम्मेवारी छोड्छु भन्न नमिल्ने बताए। “स्थापित नेतृत्वलाई हटाएर अर्को नेता बनाउने पूँजीवादी चिन्तन हो”, उनले भने, “क्रान्तिको नेतृत्व न उमेरले गर्न सक्छ, न अनुहारले गर्न सक्छ, क्रान्तिलाई बीच बाटोमा छाडेर कोही नेता गएको छ र रु अध्यक्षले छोड्छु भनेर धर पाउनुहुँदैन ।”
 
नेपाली जनताको आवश्यकता पूरा गर्न समाजवादी क्रान्तिको अपरिहार्यता रहेको महसुस गर्दै नेकपा (एमाले)सँग पार्टी एकता गरिएको भए पनि एमाले अध्यक्षले पदको मात्र कुरा गर्दा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी अप्ठ्यारोमा परेको बताए । भावनाले पार्टी एकता नहुँदै भन्दै उनले क्रान्तिकारी नेतृत्व, विचार र विधि चाहिने बताए । क्रन्तिकारी विचार निर्माणका लािग पार्टी बहसमा होमिएको उल्लेख गर्दै उनले महाधिवशेनले क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

भारतबाट अवैध कुखुरा आयातले बाँकेमा बर्डफ्लुको जोखिम बढ्यो

नेपालगन्ज। सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको स...

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending