Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

माओवादी महाधिवेशनको मञ्चमा जब जनयुद्धकालीन नेताको खोजी भयो...

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति छ । शनिबार मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरूको उपस्थिति छ । 

जनयुद्धकालीन नेताहरू सिपी गजुरेल उपस्थित हुँदा डा बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्दलगायत नेताहरू उपस्थित भएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नेता तथा कार्यकर्ताको मनोभावना रहेको छ । जनयुद्ध सुरु गर्ने समयका तत्कालीन केन्द्रीय समितिमा रहेकामध्ये १७ जना केन्द्रीय सदस्य एवं नेताहरू यतिबेला माओवादीभन्दा बाहिर हुनुहुन्छ । महाधिवेशन हलले एकीकृत माओवादीको परिकल्पना गरेको छ । 

क्रान्तिकारी कम्यनिष्ट आन्दोलनको मूलप्रवाहका रूपमा रहेको माओवादी विभाजन, टुट फुट तथा विघटनको प्रक्रियाबाट अगाडि बढेको छ । तत्कालीन एकता केन्द्रबाट जनयुद्धको सुरुआत गर्दा माओवादीको रूपमा स्थापित भएको माओवादीका शीर्ष नेताहरू वैद्य, भट्टराई, चन्द र राबहादुर थापा फरक राजनीतिक दलमा लाग्नुभएको छ । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा खचाखच भरिएका नेता तथा कार्यकर्ताले भने एकीकृत पार्टी निर्माणका लागि राजनीतिक नीति तथा कार्यक्रमसहित पुनः एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेकपा ९क्रान्तिकारी माओवादी०का नेता सिपी गजुरेलले पूर्वमाओवादीहरू एकजुट हुनुपर्ने धारणा राख्दा सभाहलले ताली बजाएर स्वागत गरेको थियो । 

नेता गजुरेलले जनयुद्ध सुरु गर्नुभन्दा अगाडि बढेको केन्द्रीय समितिले गरेको प्रतिबद्धता स्मरण गरे पूर्वमाओवादीहरू एक हुने दिन आउने धारणा राखे । उनले राष्ट्रियताको जर्गेना तथा राजनीतिक नीति तथा कार्यक्रमसहित विचारमा एकठाँउमा आउने वातावरण बनाउन महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि तथा पर्यवेक्षकलाई आग्रह गरे। 

नभएको उल्लेख गर्दै जनजीविका र राष्ट्रियताको सवालमा एकैठाँउमा आउने वातावरण बन्ने उल्लेख गरे । धेरै पछाडि माओवादी अध्यक्ष प्रचण्ड र नेता गजुरेलले प्रज्ञा प्रतिष्ठानको हलमा हात मिलाएको दृश्य आफँैमा अर्को महत्वपूर्ण थियो । माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण गणतन्त्र, सङ्घीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनको एजेण्डा संस्थागत भएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले सहकार्य तथा सहमतिको कार्यसूचीलाई अझै अगाडि बढाउनुपर्नेमा जोड दिए ।  

माओवादीको त्याग र बलिदानको आधारमा स्थापित भएको गणतन्त्र, सङ्घीयता तथा समावेशिताको प्रतिनिधित्व स्थापित भएको राजनीतिक परिदृश्यलाई अन्य राजनीतिक दलले स्वीकार गरेको अवस्था छ । तत्कालीन नेकपा९एमाले० सँग राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको एजेण्डा अगाडि बढाउने लक्ष्यका साथ पार्टी एकता भए पनि लामो समयसम्म टिक्न सकेन । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादी र एमाले फरक फरक दलका रुपमा पुनः स्थापित भए । 

तत्कालीन नेकपा विभक्त भएर तीन वटा पार्टीका रूपमा स्थापित भएको छ । तैपनि क्रान्तिकारी कम्युनिष्टको एकतालाई अगाडि बढाउनुपर्नेमा नेताहरूको थप जोड थियो । त्यति मात्रै होइन, माओवादी जनयुद्ध र मधेश जनविद्रोहका कारण सङ्घीयता स्थापित भएको तथ्यलाई नेताले महाधिवेशन स्थलमा समरण गरे । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गरे । उनले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताउँदै बाँकी कार्यसूचीलाई पूरा गर्न लाग्नुपर्नेमा जोड दिए।  

उनले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता महत्वपूूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै अघिल्ला  प्रधानमन्त्रीले गरेका गल्तीलाई गनेर मात्र समस्या समाधान नहुने बताए । 

नेकपा९माले०का महासचिव सिपी मैनालीले जनयुद्धले स्थापित गरेको लक्ष्यलाई स्मरण गर्न आग्रह गरे । उनले जनयुद्धले राजनीतिक परिवर्तन गरेको भए पनि जनताको जीवनस्तरमा सुधार नआएको भन्दै जनयुद्धको लक्ष्य स्मरण गर्न आग्रह गरेका थिए । 

राप्रपाका नवनिर्वाचित महामन्त्री कुन्ती शाहीले राष्ट्रियता र जनतालाई अधिकार स्थापित गराउने सवालमा माओवादीसँग आफूहरूको एजेण्डा मिल्ने भन्दै देशहितका विषयमा एक आपसमा सहकार्य गर्न सकिने बताइन् । एमालेका महासचिव शङ्कर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकामा पछुतो व्यक्त गरे । उनले राजनीतिक एजेण्डा र जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा वामपन्थी शक्तिबीच मतैक्य भए पनि समृद्धिको सवालमा समान धारणा बन्न नसकेकामा गुनासो गरे । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले परिवर्तनका एजेण्डालाई धरापमा पार्ने गरी प्रतिगमनले टाउको उठाइरहेको बेला वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको एकता अझै अपरिहार्य रहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

भारतबाट अवैध कुखुरा आयातले बाँकेमा बर्डफ्लुको जोखिम बढ्यो

नेपालगन्ज। सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको स...

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending