Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

अध्यक्ष प्रचण्डको पहलमा बाँदरझुलावासीसँग तीन बुँदे सहमति

खबरडबली संवाददाता

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा चितवनका बाँदरझुलावासीले उठाउँदै आएका माग सम्बोधन गर्ने सहमति भएको छ । 

चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका भूमिहीन र सुकुम्वासीले आफूहरुलाई जग्गाको स्वामित्व दिलाउनुपर्ने माग राख्दै विगत केही दिनदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका थिए । अध्यक्ष प्रचण्डले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष तथा संविधानसभा सदस्य चित्रबहादुर श्रेष्ठ र भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्कालगायतसँग छलफल गरी समस्या समाधानका लागि पहल गरेका थिए । 

सुकुम्वासीका प्रतिनिधि र सरकारी अधिकारीसहितको छलफलमा भएको सहमतिका आधारमा भूमि आयोगले समस्या समाधानका लागि तीन बुँदे सहमति गरेको उपाध्यक्ष खड्काले जानकारी दिए । अध्यक्ष प्रचण्डले सुकुम्वासी समस्या समाधानका लागि पार्टीले विशेष पहल गरिरहेको र केही समयभित्रै बाँदरझुलावासीले जग्गा र जग्गाधनी पूर्जा पाउने विश्वास दिलाएका थिए। आयोगले देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लगत सङ्कलन गरी जग्गाधनी पूर्जा वितरण गर्ने प्रयोजनार्थ आवश्यक कार्यविधि, कार्ययोजना र पूर्वतयारी गरिरहेको छ । 

माडी–९ बाँदरझुलावासीले शान्तिपूर्ण गरेको सङ्घर्षको सम्मान गर्दै आयोगले आयोग गठन आदेश, २०७८ को क्षेत्राधिकारभित्र रहँदै समस्या समाधानका लागि पहल गरेको उपाध्यक्ष खड्काको भनाइ छ । आयोग र सङ्घर्ष समितिबीच तीन बुँदे सहमति भएको छ । सहमतिअनुसार आयोगले आगामी फागुन मसान्तसम्म भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन, जग्गा नाप जाँचको सूचना निस्केपछि लगत सङ्कलनको निवेदन दिएकै दिनमा निवेदन दिएको निस्सा र जग्गा नाप जाँचको निस्सा वितरण गरिनेछ । 

बाँदरझुलामा विद्युतीकरणका लागि बजेटसमेत छुट्याइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरण र सो कार्यको सहजीकरणका लागि सम्बन्धित निकायमा सहयोगका लागि सरकार, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई तत्काल पत्राचार गरिनेछ । 

सहमतिको तेस्रो बुँदामा बाँदरझुलामा खेतीपातीका लागि ट्र्याक्टर प्रयोग गर्न नदिइएकामा तत्काल सो जमिनमा ट्र्याक्टर प्रयोग गर्न दिइने भएको छ । किसानले सहज, सरल र सुपथ तरिकाले कृषिका लागि सहज वातावरण बनाउन सरकार, वन तथा वातावरण मन्त्रालय र अन्य सरोकारवाला निकायलाई पत्राचार गरेका थिए । सहमतिपत्रमा आयोगका उपाध्यक्ष खड्का र सङ्घर्ष समितिका तर्फबाट संयोजक शारदा आचार्यले हस्ताक्षर गरेका छन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खस्यो

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानदेखि नै मतदाताको उ...

मकवानपुरमा ४० प्रतिशत मतदान

मकवानपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ । बिहीबार बिहान ७ बजेदेखि स...

उपत्यकामा ४७ प्रतिशत मत खस्यो, देशभर ३३ प्रतिशत

काठमाडौँ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मत खसेको छ ।  आयोगका अनुसार उपत्यकामा दिउँसो ...

दोलखाको मालु मतदानस्थलमा कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेपछि...

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका मालु मतदानस्थलबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेका...

हुम्लाको कालाशिल्तामा एक घण्टादेखि स्थगित मतदान पुन: सुरु

हुम्ला। एक घण्टादेखि स्थगित भएको सिमकोट गाउँपालिका–१ को कालाशिल्ता मतदान केन्द्रको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा बसेको सर्वदलीय बैठकमा सहमति भ...

दोलखाको वेदिङमा अहिलेसम्म एक जना पनि मतदाता मतदानमा सहभागी भएनन्

काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कुनै पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन्। वेदिङ आधारभूत विद्यालय रोल्वालि...

दिउँसो २ बजेसम्म देशभर ६२ लाखभन्दा बढी मत खस्यो

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार दिउँसो २ बजेसम्म देशभर ६२ लाखभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क...

झापा उडेका बालेन शाह आधा बाटोबाटै किन काठमाडौं फर्किए ? यस्तो छ कारण

काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आध...

चितवनमा ४५ प्रतिशत मतदान, तीनै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी

चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा हालसम्म करिब ४५ प्रतिशत मतदान भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान क...

झापामा ४१ प्रतिशत मत खस्यो

दमक। झापामा ४१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो ।  हालस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE