काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ ।
आयोगको यही मङ्सिर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ १७ गतेका लागि घोषणा गरिसकेको छ । निर्वाचनलाई अघि बढाउने सन्दर्भमा आयोगले आवश्यक निर्देशिका र कार्यविधिको कामसमेत अघि बढाएको छ । केही समयपछि आयोगले निर्वाचन कार्यक्रमसमेत प्रकाशित गर्नेछ ।
उन्नानसाठी सदस्यीय राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, कोमल वली, खीमबहादुर विक, चक्रप्रसाद स्नेही, चन्द्रबहादुर खड्का, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामलखन चमार, शशीकला दाहाल, शान्तीकुमारी अधिकारी, शेरबहादुर कुँवर र सुमनराज प्याकुरेल छन्।
सरकारको सिफारिसबाट विज्ञका रुपमा मनोनित सदस्य रामनारायण विडारीको पनि चार बर्षे कार्यकाल फागुन २० गते नै पूरा हुँदैछ । राष्ट्रियसभा सदस्यको कार्यकाल छ वर्ष भए पनि २०७४ सालमा पहिलो पटक गोला प्रथाद्वारा दुई, चार र छ वर्षका लागि कार्यकाल निर्धारण गरिएको थियो । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि रु पाँच करोड ८४ लाखको प्रारम्भिक खर्च अनुमान गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाताका रुपमा मुलुकका ७५३ पालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य रहनुभएको छ । राष्ट्रियसभा चुनावमा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ कायम हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०७९ - २०:१२
कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुण्डा नेपाल–भारत सीमा क्षेत्र नजिकै छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष म...
श्रावण ३१ गते, २०७९ - २०:०१
कास्की । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरुको संरक्षण सबैको साझा दायित्व रहेको बताएकि छन् । गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत ...
श्रावण ३१ गते, २०७९ - १९:५२
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारबाहीलाई थप प्रभावकारी बनाइने बताएका छन् । मन्त्रालयद्वारा आज ...
श्रावण ३१ गते, २०७९ - १९:३३
तनहुँ । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग ...
श्रावण ३१ गते, २०७९ - १९:१८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्ध...
श्रावण ३१ गते, २०७९ - १८:२८
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएको जनाएको छ । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने ...
श्रावण ३१ गते, २०७९ - १८:०९
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष...
श्रावण ३१ गते, २०७९ - १७:५१
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमले भारतीय आयल निगमलाई विगत ४ महिनादेखि अझै ...
श्रावण ३१ गते, २०७९ - १७:४०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईबीच चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने ...
श्रावण ३१ गते, २०७९ - १७:२८
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बताएका छन् । मंगलबार नेकपा माओवादी केन्द्रको के...
प्रतिकृया लेख्नुहोस्: