काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताएका छन्।
यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका सिलसिलामा शुक्रबार सरोकारवालाहरूसँग यहाँ भएको छलफलमा उनले विदेशमा श्रम गरेर फर्केकाहरूलाई त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनःएकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताए।
वैदेशिक रोजगार व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाउँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी कानुनको कडाइका साथ कार्यन्वयन गरिने दृढता व्यक्त गरे । उनले ‘भिजिट भिषा’मा नेपालीलाई विदेश पठाउन सघाउने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने चेतावनी पनि दिए।
कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई प्राप्त अवसर गुम्न नदिनेमा जोड दिँदै उहाँले वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्रको विकेन्द्रीकरण, कतार भिसा सेन्टरसम्बन्धी कार्यको व्यवस्थापन, विदेशमा कार्यस्थलमा हुने मृत्यु, घाइते, अङ्गभङ्ग हुनेलगायत श्रमिकले झेल्नु परेका समस्या, पीडितको न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने र उद्धारका लागि संयन्त्र स्थापना अपरिहार्य भएको बताए।
छलफलमा श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरूको बाक्लो उपस्थिति थियो । छलफलमा दिइएको जानकारीअनुसार हाल कतारमा साढे तीन लाखभन्दा धेरै नेपाली कार्यरत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...
पौष १ गते, २०८२ - १५:०४
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा आज मतदान हुने भएको छ। मतदान नजिकिँदै जाँदा महाधिवेशनस्थलमा चुनावी माहोल थप त...
पौष १ गते, २०८२ - १४:४६
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का ७ पद डेढ महिनादेखि रिक्त रहे पनि अझै बढुवा हुन सकेको छैन। गत कात्तिक ९ गते एसएसपी भुपे...
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...




प्रतिकृया लेख्नुहोस्: