काठमाडौं । बेहोस अवस्थामा फेला परेका काठमाडौँको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ ।
ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए ।
महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ ।
डा लोहनी आफैँले बेहोस हुने औषधि इन्क्सन लिएको पाइएको प्रहरीले जनाएको छ । “ओभरडोज भएर मृत्यु भएको जस्तो देखिन्छ”, एक प्रहरीले भने, “सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ ।” उनले शव परीक्षणको प्रतिवेदन आएपछि कारण यकिन हुने पनि बताए ।
सोमबार दिउँसो १ बजेसम्म फोन गर्दा ठीक रहेको र तीन बजे बेहोस अवस्थामा फेला परेको परिवारको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उहाँमा एक हप्ता अघि मात्रै कोभिड–१९ को सङ्क्रमण भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही अघिदेखि नै डा लोहनी एक्लै बोल्ने, बस्ने गरेको पाइएको छ । साहित्य क्षेत्रमा समेत रुचि राख्ने डा लोहनी सञ्चारमाध्यममा लेखसमेत लेखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...
माघ ६ गते, २०८२ - १२:२८
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने तयारी भइरहेको छ। पार्टीको तर...
माघ ६ गते, २०८२ - १२:०९
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको ...
माघ ६ गते, २०८२ - १२:०२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेको छिन् । उनले भनेको छिन्, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायक...
माघ ६ गते, २०८२ - ११:५१
दमक। उम्मेद्वारी दर्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक आउँदै छन्। झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे उनले जानकारी लि...
माघ ६ गते, २०८२ - ११:४५
मुस्ताङ। पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिना...
माघ ६ गते, २०८२ - ११:०१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूले आगामी चुनाव नलड्ने निर्णय गरेका छन्। सोमबार बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल...
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...




प्रतिकृया लेख्नुहोस्: