Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

एमाले महाधिवेशन : १५ सय बढी सुरक्षाकर्मी परिचालन हुने

खबरडबली संवाददाता
नवलपुर । नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई  चुस्त  पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा  एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । 
 
नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो । जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताउँछन् । ती दुई जिल्लाको सुरक्षाकर्मीबीच समन्वय भएर सुरक्षा तयारीको काम भइरहेको छ । 
 
महाधिवेशनका लागि नवलपुरको गैँडाकोटमा मात्रै नेपाल प्रहरीको १०० , चितवनतर्फ ८०० सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ४५० र राष्ट्रिय अनुसन्धानका ९० सुरक्षाकर्मी परिचालन हुँदैछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको जानकारी दिए। “हामीले थप सुरक्षाकर्मी प्रदेशसँग माग गरिसकेका छौँ” उनले भने, “बुधबार बिहानसम्म थप सुरक्षाकर्मी जिल्लामा आइपुग्छन् ।” 
 
नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारी साधनलाई गैँडाकोटमा रोकिने जनाउँदै उहाँले नदी किनारसहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने बताए । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले बाटोमा जाम हुनसक्ने जनाउँदै यसका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिने उनले भने । “हामीले नवलपरासी पश्चिम र रुपन्देहीको प्रहरीसँग समन्वय गरेर काम गरिरहेका छौँ” प्रउमल्लले भने, “मङ्सिर ९ गते रातिबाट नै हामीले पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने गरी काम गरिरहेका छौँ ।” 
 
महाधिवेशन उद्घाटन र बन्दसत्र स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए । एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको जनाउँदै उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको बताए । जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको जनाउँदै प्रजिअतामाङले महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटनस्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने बताए । 
 
“महाधिवेशनका लागि प्रहरी नायब महानिरीक्षक ९डिआईजी०को नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुँदैछ” प्रजिअतामाङले भने, “महाधिवेशनस्थलसहित जिल्लामा आउने भिआईपी, भिभिआईपी र विदेशी डेलिगेट्सको सुरक्षामा केन्द्रित हुनेगरी सुरक्षा योजना बनेको छ ।” मङ्सिर १० गते नारायणी नदी किनारमा महाविधेशन उद्घाटन पश्चात् सोही दिन रातिदेखि नै सुरक्षा व्यवस्थालाई सौराहा केन्द्रित पारिने उनले बताए । 
 
“महाधिवेशनमा आउने प्रतिनिधिसहित भिआईपी, प्रतिनिधि र विदेशी डेलिगेट्स बन्दसत्र हुने होटलमा बस्ने भएकाले सोहीअनुसार सुरक्षा योजना बनाएका छौँ” उनले भने, “सुरक्षा घेरा साँघुरो हुने भएकाले हामीलाई व्यवस्थापन गर्न सहज हुनेछ ।” 
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको महाधिवेशन केन्द्रीत एकीकृत सुरक्षा योजना तयार भएको जानकारी दिए। जिल्लामा भएका भन्दा थप ६५० प्रहरी चितवनमा परिचालन गर्नेगरी प्रदेशसँग माग गरिएको उनले भने। “महाधिवेशन केन्द्रित गरी नेपाल प्रहरीको आठ सय भन्दा बढी जनशक्ति परिचालन गर्दैछौँ” प्रमुख अधिकारीले भने, “थप जनशक्ति नेपाल प्रहरी शिक्षालय भरतपुर, दङ्गा नियन्त्रण गण हेटौँडा र प्रदेश प्रहरी कार्यालयबाट आउनेछ ।” 
 
त्यस्तै सशस्त्र प्रहरीको ४५० भन्दा बढी जनशक्ति परिचालन हुने १७ नम्बर गण आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिए। १७ नम्बर गण र मातहतमा रहेका जनशक्तिको अवला बाहिनीमार्फत थप २५० सुरक्षाकर्मी महाधिवेशनका लागि परिचालन गर्ने तयारी भइरहेको थापाले बताए। सशस्त्र प्रहरीले उद्घाटन सत्र र बन्दसत्र हुनेस्थलको बाहिरी सुरक्षा हेर्ने उनले बताए । 
 
त्यसैगरी जिल्लाको सुरक्षाअवस्थाबारे जानकारी लिनका लागि राष्ट्रिय अनुसन्धान विभाग चितवनले ९० जनशक्ति परिचालन गरेको विभागका उपअनुसन्धान निर्देशक शेरजङ्ग चन्दले बताए । जिल्लामा रहेका ५० राष्ट्रिय अनुसन्धानका कर्मचारीसहित थप ४० कर्मचारी परिचालन गरेर जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिने काम भइरेको उनको भनाइ छ । 
 
“महाधिवेशनमा पाँच लाख जनसहभागिता हुने भनिरहँदा सुरक्षा संवेदनशीलता पक्कै रहन्छ” उपअनुसन्धान निर्देशक चन्दले भने, “केही स्थानको सेक्यु्रिटी थ्रेटबारे हामीले सुरक्षा समितिमा जानकारी गराएका छौँ ।” विभागले समग्र सुरक्षा व्यवस्थाबारे जानकारी लिने र सुरक्षा समितिमा जानकारी गराउने उनको भनाइ छ । विभागले महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार र बन्दसत्र स्थल सौराहा केन्द्रित गरेर जनशक्ति परिचालन गरेको छ । 
 
आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending